कराँतेको स्वर्णपदक जित्ने विश्वकर्मालाई राममणि क्याम्पस द्धारा सम्मान
- लुम्बिनी प्रेस संवाददाता
- पुस २१, २०७९
- 206 Shares
-
वुटवल, २१ पुस, । क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पस मणिग्रामले कराँतेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्णपदक जित्ने विद्यार्थी सोनियाँ विश्वकर्मालाई आज एक कार्यक्रमबीच सम्मान गरेको छ । क्याम्पसको वी.एड. पहिलो वर्षकी विद्यार्थी सोनियालाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली लगायतले खादा, पदक, टीका लगायतले सम्मानित गर्नुभएको थियो ।
खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई क्याम्पसले छात्रवृत्तिस्वरूप विशेष ग्राह्यता उपलब्ध गराउने नियम समेत रहेको क्याम्पस प्रमुख पराजुलीले सो अवसरमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।
यसअघि, गत पुस ११ र १२ गते भारतको इन्दोरस्थित नेताजी सुबासचन्द्र बोस मिलिटरी स्कूलमा भएको प्रतियोगितामा विभिन्न देशका प्रतियोगीलाई पछि पार्दै सोनियाँले स्वर्णपदक जित्नुभएको थियो । सो प्रतियोगितामा भारतका १८ प्रान्त सहित, नेपाल, श्रीलङ्का, बंगलादेश र भुटानका खेलाडीले भाग लिएका थिए ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा