कराँतेको स्वर्णपदक जित्ने विश्वकर्मालाई राममणि क्याम्पस द्धारा सम्मान

वुटवल, २१ पुस, । क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पस मणिग्रामले कराँतेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्णपदक जित्ने विद्यार्थी सोनियाँ विश्वकर्मालाई आज एक कार्यक्रमबीच सम्मान गरेको छ । क्याम्पसको वी.एड. पहिलो वर्षकी विद्यार्थी सोनियालाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली लगायतले खादा, पदक, टीका लगायतले सम्मानित गर्नुभएको थियो ।
खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई क्याम्पसले छात्रवृत्तिस्वरूप विशेष ग्राह्यता उपलब्ध गराउने नियम समेत रहेको क्याम्पस प्रमुख पराजुलीले सो अवसरमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।
यसअघि, गत पुस ११ र १२ गते भारतको इन्दोरस्थित नेताजी सुबासचन्द्र बोस मिलिटरी स्कूलमा भएको प्रतियोगितामा विभिन्न देशका प्रतियोगीलाई पछि पार्दै सोनियाँले स्वर्णपदक जित्नुभएको थियो । सो प्रतियोगितामा भारतका १८ प्रान्त सहित, नेपाल, श्रीलङ्का, बंगलादेश र भुटानका खेलाडीले भाग लिएका थिए ।
लेखकको सम्वन्धमा