ग्लोबल बहुउद्देश्यीय सहकारीको पहिलो साधारणसभा सम्पन्न
बुटवल । बुटवल ९ मा मुख्य कार्यालय रहेको ग्लोबल बहुउद्धेसिय सहकारी संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै सहकारीले आफ्नो पहिलो साधारणसभा मनाएको हो।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका उपाधक्ष्य कृष्ण चौहान क्षत्रीले सहकारीले लगानी गर्दा ध्यान दिनुपर्ने बताउदै फिर्ता हुने र लगानी उठ्नेगरी लगानी गर्न आग्रह गरे।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुनाखर खनालले बुटवल उपमहानगरले सहकारीहरुको अनुगमन तथा आवश्यक निति कार्यक्रमहरु तयार पारिरहेको बताए।
सहकारीका अध्यक्ष पदम लाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब खगेश्वोर भण्डारीले गरेका थिएभने कार्यक्रम संयोजक तथा उपाध्यक्ष थानेश्वोर बश्यलले स्वागत गरेका थिए।
कार्यक्रममा सल्लाहकार दिनेश फुल्लेल , सेयर सदस्य लुकराज न्यौपाने लगायतले बोलेका थिए।
संस्था सञ्चालनको ७ महिनाको अबधिमा नै ५ सय ७४ जना सदस्य तथा ३ करोड भन्दा बढी पुजी पुगेको सहकारीका ब्यबस्थपक लक्ष्मण रेग्मिले जानकारी दिए।

लेखकको सम्वन्धमा