बुटवलमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा

बुटवलमा १८ डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा
0 0
Read Time:1 Minute, 40 Second

बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा नयाँ प्रविधिमा आधारित १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ।

५ जना युवा व्यवसायीको संयुक्त लगानीमा नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको उक्त मनोरञ्जन केन्द्रको औपचारिक उद्घाटन कात्तिक १५ गते गर्ने तयारी छ।

प्रकाश भुसाल, दीपक ढकाल, सुदीप काफ्ले, सिद्धार्थ थापा र निश्चल तिमिल्सिनाको संयुक्त लगानीमा निर्माण भएको केन्द्रमा हालसम्म करिब साढे दुई करोड रुपैयाँ लगानी भइसकेको सञ्चालकले जनाएका छन्।

केन्द्रमा १८ डी प्लस मुभी थिएटरमार्फत दर्शकले फरक प्रविधिको चलचित्र अनुभव लिन सक्नेछन् भने मिरर मेजमा ऐना र विशेष लाइटको प्रयोगबाट बनेको भुलभुलैयामा मनोरञ्जन लिन सक्नेछन्।

बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहलाई लक्षित गरी सञ्चालन गरिएको यस केन्द्रले बुटवलको पर्यटन तथा मनोरञ्जन क्षेत्रको विकासमा योगदान पुर्र्याउने सञ्चालकको विश्वास छ। आगामी दिनमा थप प्रविधिमा आधारित गेमहरू समेत थप्ने योजना रहेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %