लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौँ : स्वास्थ्यमन्त्री
- Lumbini Press
- पुस ११, २०८१
- 303 Shares
-
बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरूलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेशिन खरिद गरिने उनले बताए
‘यसअघि अघि बढाइएको टेन्डर प्रक्रियामा कुनै एक कम्पनीलाई मात्रै लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर समाचारहरू आए, विरोध भए । अब उक्त प्रक्रियालाई मिलाएर सबैले प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी स्पेसिफिकेशन तयार हुन्छ’ मन्त्री सारूले भने ‘अब नयाँ प्रक्रियाबाट मेशिन खरिद प्रक्रिया अघि बढ्छ, जसरी भए पनि एमआरआई मेसिन खरिद गरी जनतालाई सुलभ दरमा सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ ।’
आज बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२ औँ वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा बोल्दै स्वास्थ्य मन्त्री सारूले सरकारी अस्पतालमा एमआरआई मेशिन नहुँदा जनताले १६÷१७ हजार तिरेर निजी स्वास्थ्य संस्थामा महँगोमा सेवा लिनुपर्ने बाध्ययतालाई अन्त्य गर्दै मेशिन खरिदपछि त्योभन्दा आधा मूल्यमा सेवा उपलब्ध गराउन सकिने उल्लेख गरे । स्वास्थ्य क्षेत्रमा रहेका विकृतिहरूलाई अन्त्य गर्नका लागि नीतिगत सुधारको आवश्यकता औँल्याउँदै उनले सरकार उक्त कुरामा प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले वर्तमान सरकारलाई काम गर्नका लागि हलसम्मकै सहज परिस्थिति रहेको उल्लेख गर्दै जनताको सेवामा समर्पित हुन आग्रह गरे । बोलीमा मात्रै नभई व्यवहारिक कार्यान्वयनमा जोड दिँदै उनले नीतिगत सुधार र स्पष्टता हुनु पर्नेमा उल्लेख गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, रोटरी क्लबका गभर्नर देवेन्द्र ध्वजु, बुटवल उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटा तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले अस्पतालको भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रियालाई सरकारले छिटो टुङ्गोमा पुर्याउन आग्रह गरे ।
बुटवललाई स्वास्थ्यको हबको रूपमा स्थापित गर्नका लागि विशिष्टीकृत स्वास्थ्य संस्थाहरूको स्थापना र विकास गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

प्रतिकृया दिनुहोस्