गठबन्धनका उम्मेद्वारले तिलोत्तमा १६ र १७ मा घरदैलो गरे
- Lumbini Press
- बैशाख २२, २०७९
- 312 Shares
-
तिलोत्तमा,बैशाख २१ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनका उम्मेद्वारहरुले तिलोत्तमा १६ र १७ मा घरदैलो गरेका छन् । गठन्धनबाट मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा नेता रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउनको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
माओबादीबाट उपमेयरका उम्मेद्वार हेमराज पाण्डे(हेमन्त)ले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने योजना सहित गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउन आग्रह गरे ।
तिलोत्तमा १६पटानीमा भएको घरदैलोमा मेयर पदका उम्मेद्वार खाँण, उपमेयर पदका उम्मेद्वार पाण्डे सहित वडा अध्यक्ष पदका उम्मेद्वार झविलाल भुषाल, सदस्य पदका उम्मेद्वारहरु ऋषिराम बस्याल र हुम बहादुर गाहा, महिला सदस्य पदका उम्मेद्वार मायादेवी चौधरी र दलित महिला सदस्य पदका उम्मेद्वार जानकी सुनार सहितको टोलिले घरदैलो गरेको थियो ।
यस्तै बुधबार नै तिलोत्तमा १७ गंगोलीयामा मा मेयर पदका उम्मेद्वार खाँण, उपमेयर पदका उम्मेद्वार पाण्डे संगै वडा अध्यक्ष पदका उम्मेद्वार दान बहादुर चौधरी, सदस्य पदका उम्मेद्वारहरु सन्त बहादुर बस्नेत, राम नरेश लौनिया, महिला सदस्य पदका उम्मेद्वार शोभा कुमारी राना र दलित महिला सदस्य शर्मिला वि.क. सहितकाृे टोलीले घरदैलो गरेको हो ।
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
- सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
- भोटेकोसी बाढी प्रभावितका लागि रोयल जिम एन्ड फिटनेसको ७० हजार सहयोग
- विपत्तिमा परेका सौन्दर्यकर्मीको पीडा : ‘कति बगे, कति बेपत्ता छन्, सरकारलाई तथ्यांक चाहियो’
- बाढीपीडितको घाउमा होराइजन गौतम बुद्धको मलम, उद्धार कोषमा ५ लाख ८० हजार सहयोग
- लुम्बिनीका १ हजार २०६ पत्रकार बीमाको दायरामा
- सिद्धबाबा मन्दिरबाट ४ धार्मिक जलार्पण यात्रा, ४ हजार बढी दर्शनार्थी सहभागी
- लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
- समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य
-
सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
अशोज ३, २०८३

प्रतिकृया दिनुहोस्