एटलसले रक्तदान गरेर मनायाे आठाै स्थापना दिवस
वुटवल । एटलस वेल फेयर अर्गनाइजेशन बुटवलले आठौं स्थापना दिवस रक्तदान गरि मनाएकाे छ।
साथ लैजाने कर्म हाे, सेवा नै धर्म हाे भन्ने नाराका साथ सामाजिक काम गर्ने उदेश्य सहित २०७२ सालमा स्थापना भएकाे अर्थनाईजेशनले आठाैं स्थापना दिवस आइतबार रक्तदान गरि मनाएकाे हाे ।
संस्थाले सामाजिक काम गर्दै आईरहेकाले याे पटक रगतकाे अभाव हुन नदिन रक्तदान गरि स्थापना दिवस मनाईएकाे अध्यक्ष कल्पना श्रेष्ठले बताईन ।
संस्थामा आवद्ध र विभिन्न व्यक्तिहरु गरी ५१ युनिट रगत संकल्न भएको सचिव विष्णु प्रसाद पन्तले जानकारी दिए ।
संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता,संरक्षक प्रेम चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे कार्यसमिती सदस्य लक्ष्मण बहादुर कुवंरको संयोजत्वमा सम्पन्न भएकाे हाे ।
अर्गनाइजेशनले सामाजिक उत्तरदायित्व अन्तर्गगत यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

लेखकको सम्वन्धमा