बुटवलका औषधि ब्यवसायीहरु नै भट्टराईको बिपक्षमा, गरे गठबन्धनका उम्मेदवारलाई समर्थन

बुटवलका औषधि ब्यवसायीहरु नै भट्टराईको बिपक्षमा, गरे गठबन्धनका उम्मेदवारलाई समर्थन
0 0
Read Time:4 Minute, 3 Second

बुटवल । बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मीहरु पाँच दलीय गठबन्धनको पक्षमा खुलेका छन् । उनीहरुले गएको पाँच वर्षमा एमालेले जितेर पनि आफूहरुको पक्षमा केही काम गर्न नसकेको बताउँदै यो निर्वाचनमा खुलेर पाँच दलीय गठबन्धनको पक्षमा लाग्ने र अरुलाई पनि पाँच दलीय गठबन्धनको पक्षमा मतदानमा सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल स्वास्थ्यकर्मी संघ तथा बुटवलका औषधी व्यवसायीहरुले शनिबार बुटवलमा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उपमेयरका उम्मेदवारसंग भेटघाट गरी मेयरमा खेलराज पाण्डेय र उपमेयरमा चिनबहादुर गुरुङलाई जिताउन आफूहरु प्रतिवद्ध भएर लाग्ने बताएका हुन् ।
उनीहरुले एमालेले जितेर गएपछि गएको पाँच वर्षसम्म आफूहरुका समस्या ज्यूकात्यूँ रहेको बताउँदै ती समस्या समाधानको लागि पनि भावी मेयर उपमेयरसंग आशा र विशवास व्यक्त गरे । बुटवलमा औषधी व्यवसायमा उत्पन्न हुने फोहोर व्यवस्थापन, राजनीतिक पूर्वाग्रहका कारण विस्थापित हुनु परेको समस्या, सिन्डिकेट, चर्को करको मारमा परेको भन्दै जितेपछि ती समस्या समाधानको लागि आग्रह गरिएको समन्वय समितिका संयोजक विष्णु खनालले बताए।
उनीहरुका समस्यालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार पाण्डेयले औषधी व्यवसायीका समस्यामा आफू पूर्ण जानकार रहेको बताउँदै आफूले चुनाव जितेमा ती समस्या प्राथमिकताको आधारमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका व्यवसायीलाई पूर्वाग्रही भएर त्यहाबाट हटाइएको र जसको कारण पेशा व्यवसायबाट पलायनहुनु परेको भन्दै चुनाव जिते आउँदा दिनमा त्यस्तो परिस्थिती उत्पन्न हुन नदिने प्रतिवद्धता व्यक्त गरे । औषधी स्वास्थ्य सेवासंग जोडिएको पेशा व्यवसाय भएकाले यो पेशालाई कसरी व्यवस्थित गर्ने आफूसंग योजना रहेको सुनाए।
त्यस्तै उपमेयरका उम्मेदवार चिबहादुर गुरुङले साना व्यवसायीलाई कसरी बचाउने र ठूलालाई कसरी जिम्मेवार बनाउने भन्ने आफूहरुले योजना बनाएको भन्दै व्यसायिक हित र समग्र बुटवलको बिकासको लागि आफूहरुको पक्षमा माहौल बनाईदिन आग्रह रे।
त्यस अवसरमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष प्रकाश रानाले गठबन्धनको पक्षमा मतदान गरेर आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गर्दै गठबन्धनले जित्दा व्यवसायीको हितमा पनि काम हुने बताए।
कार्यक्रममा प्राईभेट अस्पताल एशोसियशन (अफिन) लुम्बिनीका महासचिव मुक्तिराज पौडेल, मेलानका केन्द्रीय सदस्य गुणनिधी खनाल, नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, फार्मेसी एशोसियशन रुपन्देहीका अध्यक्ष गणेश सेढाई, केमशनका प्रदेश अध्यक्ष विष्णु भण्डारी, औषधी व्यवसायी मशेह पौडेललगायतले औषधी व्यवसायी गठबन्धनका उम्मेदवारको पक्षमा रहेको बताए। ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %