अव्यवस्थित बसोवासी र सुकुम्बासीको पक्षमा खेलराज, विष्णु पौडेलले प्रयोग मात्रै गरेको दाबी(भिडियाे सहित)

अव्यवस्थित बसोवासी र सुकुम्बासीको पक्षमा खेलराज, विष्णु पौडेलले प्रयोग मात्रै गरेको दाबी(भिडियाे सहित)
0 0
Read Time:7 Minute, 46 Second

बुटवल । नेपाली कांग्रेसका बुटवल उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार खेलराज पाण्डेले सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका ब्यक्तिहरूलाई एमालेले सधैँ निर्वाचनमा प्रयोग मात्रै गरेको बताएका छन्।

प्रत्येक निर्वाचनमा एमालेले ‘सुकुम्बासीलाई पुर्जा बढ्छौँ’ भन्ने तर जितेपछि अर्को निर्वाचन सम्म कुनै वास्ता नगरेको बताए । 

पाँच दलीय गठबन्धनले बुटवलमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार पाण्डेले अहिले बुटवल अव्यवस्थित बसोवासी र सुकुम्बासी समस्याले आक्रान्त भएको उल्लेख गर्दै हरेक निर्वाचनमा अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या बल्झाइने गरेको बताए।

उनले आफूले जितेमा यसको व्यवस्थापनको माग गरेपनि अहिलेका नगरप्रमुख र एमाले सरकारले केही काम नगरेको बताए । 

उनले भने, ‘हामीले बारम्बार भन्ने गर्‍यौँ, अव्यवस्थित बसोवासी र सुकुम्बासी समस्याको दिगो समाधान गरौँ। यसका लागि धेरै योजना लिएर गयौँ तर बहालवाला एमालेका मेयरले केही गर्नुभएन । 

बहालवाला बुटवलका मेयर शिवराज सुबेदीले आफ्नो ५ वर्षे कार्यकाल सुतेरै बिताएको टिप्पणी गर्दै नेपाली कांग्रेस बुटवल नगर सभापति समेत रहेका पाण्डेले भने, ‘ हामीले यसको लागि अल्पकालीन रुपमा व्यवस्थापनको लागि बुटवलका वडाबाट बसोबासको प्रमाणपत्र दिउँ र राष्ट्रिय भूमि आयोगबाट लालपुर्जा बितरण गरौँ हामीले भन्दै आएका छौँ । तर केही गर्नुभएन ।’- उनले थपे, ‘अहिलेको जननिर्वाचित मेयरले न बसोबासको प्रमाणपत्र दिन सक्नुभयो, न लालपुर्जा बितरण नै गर्नुभयो । उहाँले ५ वर्ष सुतेरै बिताउनु भयो । उहाँले के काम गर्नुभयो ?औँलामा गनेर देखाउनुहोस्’

उनले बुटवलबाट प्रदेशको स्थायी राजधानी दाङ लगेकोप्रति निकै आक्रोश पोखे । उनले एमालेकै कारणले राजधानी दाङ गएको दोहोर्‍याए । उनले भने, ‘ यहाँको सांसद विष्णु पौडेलजीले १५ वर्षसम्म के गर्नुभयो ? हामीले बल्लतल्ल ल्याएको लुम्बिनी प्रदेशको राजधानी दाङ सारेर बुटवल बासीलाई धोका दिनुभयो । ’ उनले विष्णु पौडेलले प्रत्येक निर्वाचनमा सुकुम्बासीलाई पुर्जा बाढ्छौँ भनेपनि जितेपछि केही नगरेकोले यो पटकका गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे ।

उनले कांग्रेसले गरेका कामहरूको श्रेय एमालेले लिइरहेको बताए । कांग्रेस नेताहरू सूर्यप्रसाद प्रधान र बालकृष्ण खाँणले गरेका कामहरूको एमालेले आफूले गरेको कामको रुपमा व्याख्या गर्ने गरेको बताए । आफूले काम नगर्ने र अरुलेनै गरेको कामलाई आफ्नो भनेर प्रचार एमालेले गर्नु दुखद रहेको बताए । 

बुटवलको मेयरको रुपमा सूर्यप्रसाद प्रधान र संघीय सांसद बालकृष्ण खाँणको कार्यकालमा बुटवलमा धेरै कुराहरु निर्माण भएको भन्दै एमालेले केही काम नगरेको आरोप लगाए । उनले बसपार्क निर्माण गरेको स्मरण गर्दै उनले महिला बालबालकाको लागि आम्दा अस्पताल, बुटवल मण्डपको लागि जग्गा प्राप्तिको काम गरेको बताए ।
उनले अटोभिलेज, भुपु सैनीक क्याम्प निर्माण, लायन्स आँखा अस्पताल, फूलबारी पार्क, रंगशाला, सिद्धार्थ क्याम्पस, बुटवल बहुमुखी क्याम्पसमा बिज्ञान शंकायको भवनको स्थापना, लुम्बिनी प्रादेशिक अस्पतालमा महिलाहरुको लागि प्रशुति गृहको स्थापना गरिएको स्मरण गराए।

उनले बहालबाला मेयर सुबेदी देशकै असफल मेयर भएको आरोप लगाउँदै पार्टिले टिकट नदिएको बताए । उनले बुटवलको चौराहा देखी गोलपार्क सम्मको सडकको अवस्था बेहाल रहेको बताउँदै बहालवाला मेयरले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने बताएपनि एमालेकै उम्मेदवारले उपमहानगरले व्यवस्थापन गर्ने प्रतिबद्धता सुनाउँदै पार्टिभित्रको दुईवटा धारण कस्तो हो ? भन्दै प्रश्न गरेका थिए।

उनले कांग्रेसले बुटवललाई धुलो र धुवामुक्त बनाउने बताउँदै गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरे । तिनाउ दानब करिडोरले १५ सय नागरिकलाई बिस्तथापित एमाले सरकारले बनाउन खोजेको बताउँदै आफूले जिते लगत्तै त्यसबाट प्रभावित हुने समुदायलाई अन्त्यै जग्गा व्यवस्थापन गर्ने र घर बनाउन समेत केन्द्रबाट बजेट ल्याउने प्रतिबद्धता ब्यक्त गरे । मोतिपुर औद्योगिक क्षेत्रमा २५० बिगाह जग्गा मिसाएर बनाईएको बताउँदै आफूले जितेसंगै जनतालाई जग्गा फिर्ता गरेर स्मार्ट औद्योगीक क्षेत्र बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
 
महिलाहरुको लागि लक्षित कार्यक्रम ल्याएको जानकारी दिँदै मेयर उम्मेद्वार पाण्डेले गृहणी  रोजगार योजना ल्याएको बताए। गृहणी महिलाले घरको कामको साथसाथै बत्ति काट्ने, अगरबत्ती बनाउने काममा लगाउने र उत्पादीत सामाग्रीको उपमहानगरले खरिद गरिने बताए ।

उनले उपमहानगरबाट सञ्चालीत हुने गरि कोशेली घरले घरले महिलाका उत्पादन किन्ने र बाहिरी बजारमा बिक्रि बितरण गर्ने पाण्डेको योजना रहेको सुनाए । 

मेयर उम्मेद्वार पाण्डेले घरघरमा अहिले जस्तै र जनता बिरामी भएमा हस्पिटलमा भेटीने मेयरको रुपमा आफु अगाडी बढ्ने बताए ।उनको यो कुरामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रशंसा गरेका थिए । उनले बुटवलवासीले घरघर र हस्पिटलको बेडमा भेटिने मेयर जनाले खोजेको बताए। ‘खेलराजजीले त्यसको नेतृत्व गर्नुहुनेछ,’ उनले भने। 

बुटवलमा मेयरमा नेपाली काँग्रेसका तर्फबाट खेलराज पाण्डे र उपमेयरमा नेकपा एकीकृत समाजवादीका तर्फबाट चिनबहादुर गुरुङ उपमेयरका उम्मेदवार छन्।

हेर्नुहाेस् भिडियाे-

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %