दाङ गोलि काण्ड : श्रीमतीलाई गोली हान्नुअघि श्रीमानको पत्रमा थियो–अर्को जुनीमा पनि सँगै हुन पाइयोस् !
“…खत्री भन्ने केटासँग लागेको रहीछन्, त्यो केटा मेरो बूढी बिदामा बस्दा कोठामा आउने जाने गरिरहँदो रहेछ,” पत्रमा उल्लेख छ, “मैले थाहा पाएपछि उनीहरुले अब यस्तो नगर्ने सहमति पनि भएको थियो । केही दिन चुप लागेर बस्नुपर्छ भन्दै मलाई मेरो बूढी र त्यो केटा मिलेर अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा हालेको रहेछ ।”
