बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय
बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । आज आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रीपरिषदको नियमित बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेकाे हाे । प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउने गरी सरकारले भाडामा लिएको थियो ।…
