संगठन र संघर्ष बाट उदाएका नेता हिमाल – प्रतिनिधि सभामा उम्मेदवार
बुटवल । नेपाली राजनीतिमा अनुभव र ऊर्जाबीचको सन्तुलन खोजिरहेका कार्यकर्ता र मतदाताका लागि हिमाल दत्त श्रेष्ठ एक भरोसायोग्य र आशालाग्दो नाम हुन् । तीन दशक भन्दा लामो निरन्तर राजनैतिक सक्रियता र लोकतान्त्रिक मूल्यप्रतिको अविचल निष्ठाले उनलाई नेपाली कांग्रेसभित्र एउटा अलग्गै पहिचान दिलाएको छ । पाल्पाको माटो र कांग्रेसको झण्डासँग उनको सम्बन्ध केवल औपचारिक होइन—यो भावनात्मक…
