फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता नियामक निकाय कमजोर बन्दा उपभोक्ताकै अधिकार हनन

फलफूल तरकारीमा जथाभावी विषादीको प्रयोगको चिन्ता नियामक निकाय कमजोर बन्दा उपभोक्ताकै अधिकार हनन
0 0
Read Time:10 Minute, 35 Second

वुटवल । कृषि उत्पादन बढाउन अनावश्यक किटनाशक विषादीको प्रयोग र त्यसको नियामक निकाय कमजोर भएकाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले चिन्ता गरेका छन् ।
प्रर्याप्त सूचनाअभावमा किसानले किटनाशक विषादीलाई औषधिको रुपमा प्रयोग गरेका कारण यसले गम्भीर र घातक रोगहरु निम्त्याएको चिन्ता उनीहरुको छ । कीरा, रोग र झारपातबाट बाली जोगाउन र छोटो समयमै लाभ दिने भएपनि यसको अस्वभाविक प्रयोगले खतरनाक रोगहरु लाग्न थालेकोले जैविक विषाधिको प्रयोगलाई बढाउनुपर्ने सुझाव विभिन्न क्षेत्रका विज्ञहरुको छ ।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १६औ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव—२०८२को अवसरमा मंगलबार आयोजित नेपालमा कृषि उत्पादन मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव विषयक कार्याशाला गोष्ठी सहभागी विभिन्न क्षेत्रका विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
विज्ञहरुले यस्तो प्रयोगले किटनाशक विषादीको प्रयोगले उत्पादन बढ्नु, बाली सुरक्षित हुनु र किसानको आम्दानी तत्काल सुधारिनु किटनाशकको प्रमुख फाइदा मानिएपनि यसको अनियन्त्रित, असावधानीपूर्ण र अत्यधिक प्रयोगले कृषि उत्पादनसँगै मानव स्वास्थ्य र वातावरणमा गम्भीर र दीर्घकालीन असर पारिरहेको विषयलाई गम्भीरतापूर्वक मूल्यांकन गर्न जरुरी भइसकेको जनाएका हुन् ।
कार्यक्रममा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र हरिहर भवन काठमाडौका वरिष्ठ बाली संरक्षक अधिकृत मनोज पोखरेल, कृषि निर्देशनालयका बाली संरक्षक अधिकृत मिलन गैरे, राष्ट्रिय गहु“बाली अनुसन्धान भैरहवाका वरिष्ठ अधिकृत खेमराज पन्तले कार्यपत्र प्रस्तुत गर्नभएको थियो भने कार्यक्रममा पैंचो पसल प्रा।लि।का कार्यकारी प्रमुख० केशव न्यौपाने, लुम्बिनी कृषि थोक बजार प्रालि।का कार्यकारी प्रमुख रामबहादुर खत्री, कृषि क्षेत्रमा लामो समयदेखि कलम चलाउंदै आउनुभएका पत्रकार दामोदर खनाल, पक्लिहवा कृषि क्याम्पसका प्रमुख रुक्मागत पाठकले विभिन्न विषयमा टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा अनुसन्धानकर्ता शारदा पाण्डे परम्परागत किटनाशकसम्बन्धमा अनुसन्धानसहितको धारणा प्रस्तुत गर्नुभएको थियो ।
सहभागी विज्ञहरुले कृषि उत्पादनको दृष्टिले किटनाशक औषधिले बालीलाई तत्काल संरक्षण प्रदान गरे पनि दीर्घकालमा यसको असर उल्टो पर्नसक्ने विषयमा सचेत हुनुपर्ने बताउँदै निरन्तर एउटै प्रकारको किटनाशक प्रयोग गर्दा कीरामा प्रतिरोध क्षमता विकास हुन्छ, जसले पहिले असर गर्ने औषधि निष्प्रभावी बन्दै जाने भएकाले नजिकैको कृषि ज्ञान केन्द्रमा यसबारे छलफल गर्नुपर्ने जनाएका छन् । ‘यसले अझ बलिया र महँगा रसायन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना गर्छ । माटोमा रहेका लाभदायी सूक्ष्म जीव नष्ट हुँदा माटोको उर्वराशक्ति घट्छ र बालीको प्राकृतिक प्रतिरोध क्षमता कमजोर बन्छ । फलस्वरूप किसान रसायनको चक्रमा झन् बढी निर्भर हुन पुग्छन् ।’ विज्ञ मनोज पोखरेलले भने ।
अर्का विज्ञ मिलन गैरेका अनुसार मानव स्वास्थ्यमा किटनाशकको असर अझै संवेदनशील र गम्भीर रहेको र खेती गर्ने किसान, खेतमा काम गर्ने मजदुर तथा उपभोक्ता सबै यसका जोखिममा पर्नेर्छन् । ‘छालामा सिधा सम्पर्क, सासमार्फत प्रवेश वा खानामा रहेको अवशेषका कारण किटनाशक शरीरमा प्रवेश गर्छ । तत्काल रूपमा टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, छालामा जलन हुने जस्ता समस्या देखिन सक्छन् ।’ उनले भने–‘दीर्घकालीन रूपमा क्यान्सर, स्नायु प्रणालीमा असर, हर्मोन सन्तुलन बिग्रिनु, प्रजनन क्षमतामा कमी र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक प्रभाव पर्ने तथ्यहरू विभिन्न अध्ययनले देखाएका छन् । अवशेषयुक्त खाद्यान्नको नियमित सेवनले उपभोक्ताको स्वास्थ्यमा मौन तर गहिरो क्षति पु¥याउने खतरा रहन्छ ।’
अनुसन्धानकर्ता पाण्डेका अनुसार वातावरणीय दृष्टिले किटनाशक औषधिले जैविक सन्तुलनमा ठूलो खलल पु¥याउँछ । माटो, पानी र हावामा मिसिएका रसायनले कीरा मात्र होइन, मौरी, चरा, माछा तथा अन्य उपयोगी जीवलाई समेत नष्ट गर्छ । मौरी नष्ट हुँदा परागण प्रक्रिया प्रभावित भई कृषि उत्पादनमा नै दीर्घकालीन नकारात्मक असर पर्छ । नदी, खोला र भूमिगत पानी प्रदूषित हुँदा मानव र वन्यजन्तु दुवै जोखिममा पर्छन् । माटोमा लामो समयसम्म रहने रसायनले पारिस्थितिक प्रणालीलाई कमजोर बनाउँछ र जैविक विविधता घटाउँछ ।
अर्का विज्ञ खेमराज पन्तले पृष्ठभूमिमा किटनाशक औषधिको प्रयोग पूर्ण रूपमा निषेध होइन, तर विवेकपूर्ण, सुरक्षित र वैकल्पिक उपायसँग जोडेर प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । ‘एकीकृत कीट व्यवस्थापन, जैविक कृषि, सहि मात्रा र सहि समयमा प्रयोग, तथा किसान र उपभोक्तामा चेतना अभिवृद्धि अहिलेको आवश्यकता हो । कृषि उत्पादन, मानव स्वास्थ्य र वातावरणबीच सन्तुलन कायम नगरेसम्म किटनाशकबाट हुने लाभ अस्थायी मात्र रहनेछ र त्यसको मूल्य समाजले दीर्घकालसम्म तिर्नुपर्नेछ ।’ उनले भने ।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालले संचालन गरेको कार्यक्रममा स्वागत गोष्ठी तथा सेमीनार उपसमिति संयोजक डिल्लीनारायण पाण्डेयले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष एवं रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष तेजकुमार पाठकले विषादीको व्यापार कम गर्न र उपभोक्ताको सचेतना बढाउने काममा साझेदारी गर्न सबैलाई आग्रह गरे । उनले उपभोक्ता सचेत नहुँदासम्म यस्ता समस्या अझै बढ्ने बताउंदै नियामक निकायले अनुगमनलाई नियमित रुपमा अघि बढाउनुपर्ने र सबैलाई कर्तव्यबोध गराउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी कृषि शिक्षक ज्ञानेन्द्र पौडेलले खाद्यान्न बेच्ने ठाउँमा विषादी बेच्न बन्देज लगाउनुपर्ने, बजारमा सहजै वनस्पती विषादी नपाउने र महंगो पर्ने विषयमा विशेष ख्याल गर्नुपर्ने र सबै कृषि ज्ञान केन्द्रमा त्यसको सहजता ल्याउनेगरी योजना बनाउनुपर्ने सुझाव दिए । कृषि विद्यार्थी विकास पाण्डेले किसानले जैविक विषादी किन प्रयोग गरेनन् भन्ने विषयमा खोज नै नभएको विषयमा सरकारी निकाय गम्भीर हुनुपर्ने बताउँदै उपभोक्तालाई यसको असरबारे बुझाउने कुनै निकाय नै नभएको चिन्ता व्यक्त गरे । तिलोत्तमाका तुलसीराम भण्डारी, कौशी खेती गर्ने बुटवलकी शान्ता अधिकारी, जैविक विषादी प्रयोग गर्ने किसान रामनाथ उपाध्याय, उपभोक्ता हित संरक्षण मन्चका समुन्द्र जीसीलगायतले सचेतना र स्थानीय तहको बढी सरोकारको विषय रहेको धारणा व्यक्त गरे ।
रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि आयोजना गरेको स्वदेशी उद्योगको यो प्रदर्शनीमा कृषि, पर्यटन र प्रविधिलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेकाले कृषि क्षेत्रका विज्ञहरुलाई समेटेर यसखालको कार्यक्रम गरिएको अध्यक्ष कृष्ण पराजुलीले जानकारी दिए । प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमी र कृषि उपजका स्टलहरु रहेको संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %