अक्सबृज इन्टरनेशनल एकेडेमीमा स्वागत तथा विदाई
बुटवल । बुटवल कालिकानगरमा रहेको अक्सबृज इन्टरनेशनल एकेडेमीले विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।
अक्सबृजले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरेर एचएको पहिलो वर्षमा अध्ययन गर्ने ४० विद्यार्थी ल्याव टेक्नेसियन पहिलो वर्षका ३० जना गरि ७० जनालाई स्वागत तथा ल्याब टेक्निेसियन तेस्रो वर्ष अध्ययन गरेका ३० विद्यार्थीहरुलाई बिदाई कार्यक्रम गरेको हो ।
कार्यक्रममा विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि साझा हस्पिटल प्रालि बुटवलका अध्यक्ष तथा मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय अध्यक्ष गोविन्द खनालले मेडिकल क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुकालागि सम्भावना धेरै भएकाले सोही अनुसार आफुलाई सक्षम बनाउन आग्रह गरे ।
उनले मेडिकल क्षेत्र सम्भावनासँगै चुनौती र संवेदनशिल क्षेत्र पनि भएकाले विद्यार्थीहरुले सोही अनुसार विद्यार्थीले आफुलाई गुणस्तरीय सेवा दिन सक्ने दक्ष ब्यक्ति बनाउन सुझाव दिए ।
अक्सबृजका प्रवन्ध निर्देशक डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि रुपन्देहीका स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमादेवी थापाले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको उपस्थिती बाक्लो रहनु मुलुककालागि पनि राम्रो भएको प्रतिकृया दिदै स्वास्थ्य क्षेत्रमा उत्पादन भएको जनशक्ति बैदेशिक यात्रामा जानु दुखद् भएको बताईन।
कार्यक्रममा भिम अस्पताल भैरहवाका अध्यक्ष आनन्दप्रसाद शर्मा, सिटिईभिटीका लुम्विनी प्रदेशका बरिष्ठ अधिकृत राजु भुसाल, फोरम फर हेल्थ साइन्सका केन्द्रीय सल्लाहकार चिरञ्जिवि जोशी, फोरम फर हेल्थका प्रदेश सचिव विनोद घिमिरे, अक्सबृजका भिजिटर लेक्चर मधुकर शर्मा, पत्रकार कपिल ज्ञवालीलगायतले उच्च शिक्षा अध्ययनकालागि विदाई भएकाले उच्च शिक्षा अध्ययन सुरु गरेका विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिएका थिए।
विद्यार्थी अक्षता थापा र विष्णु पाण्डेले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु देखाएका थिए ।
अक्सवृजमा ल्याब टेक्निसियन, एचए, प्री डिप्लोमा इन सिभिल र एग्रीकल्चर अध्ययन हुँदै आएको परिक्षा प्रमुख गणेश बेल्बासेले जानकारी दिए ।

लेखकको सम्वन्धमा