चर्चाका समाचारहरु

ललितकलाको अध्ययन, अनुसन्धान र संरक्षणमा साझेदारी गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य

ललितकलाको अध्ययन, अनुसन्धान र संरक्षणमा साझेदारी गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री आचार्य
0 0
Read Time:2 Minute, 18 Second

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको प्रचुर सम्भावना रहेको, त्यसको अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्र थुम्केलीलगायतका प्रतिनिधिसँग आज भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सिप, ज्ञान विज्ञान तथा सम्पदाहरूको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन ।

उनले देशको विकासका लागि पर्यटनसँगै कला, साहित्य, संस्कृति, सम्पदाहरूको संरक्षण र विकासमा सबैले ध्यान दिनुपर्ने बताए ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरे। कलाकृतिहरूको सिर्जना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरूको विविध विधाहरूमा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको बताए ।

भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हव बनाउने गरी कार्यक्रम अघि बढाएको जानकारी दिए ।

देशकै सेरामिक्स हव गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडाहरू विश्व बजारमा पुर्‍याउने, वार्षिक १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %