रुपन्देही देवदहमा दोस्रो मिडिया फेस्टिभल हुँदै

रुपन्देही देवदहमा दोस्रो मिडिया फेस्टिभल हुँदै
0 0
Read Time:2 Minute, 11 Second

बुटवल । रुपन्देहीको देवदहमा मिडिया फेस्टिभल हुने भएको छ । देवदह प्रेस क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै पुस ११ र १२ गते सरहनबारीमा दोस्रो मिडिया फेस्टिभल गर्न लागेको जनाएको हो ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विष्णु पोखरेलले देवदहलाई बौद्धिक बहसको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले मिडिया फेस्टिभल गर्न लागिएको बताए । अध्यक्ष पोखरेलले देवदहको प्रचारप्रसारमा उल्लेख्य काम हुन नसकेको र पर्याप्त बौद्धिक बहस, अन्तरक्रिया र छलफलसमेत नभएको महसुस गरी गत वर्षबाट सुरु गरिएको देवदह मिडिया फेस्टिभलको दोस्रो संस्करण थप व्यवस्थित र परिष्कृत ढङ्गले गर्ने तयारी गरिरहेको बताए ।

फेस्टिभलमा स्वतन्त्र प्रेस, व्यावसायिक पत्रकारिता, विकास तथा सुशासन, कृषि र पर्यटनसँगै नेपाली समाजमा पछिल्लो समयमा देखिएको आम असन्तुष्टि र लोकप्रियतावादको विषयमा समेत राष्ट्रियस्तरका नेताहरूसँग प्यानल डिस्कसन हुने जनाइएको छ । जसमा ५ वटा सेसनमा छलफल हुने आयोजकले जनाएको छ ।

गत साल मकै विशेष मिडिया फेस्टिभल आयोजना गरेको क्लबले यो वर्ष महोत्सवलाई सिमी विशेष बनाउने तयारी गरेको छ ।

वि सं। २०७८ सालमा स्थापना भएको क्लबले पत्रकारिता तालिम, प्रथम देवदह मिडिया फेस्टिभल, प्रथम देवदह मिडिया कप, पर्यटन प्रवर्द्धनका लागि पत्रकार पदयात्रा, देवदह सञ्चार डाइरेक्टरी प्रकाशनसँगै विशेष परिस्थितिमा पत्रकार सम्मेलन, अन्तरक्रिया, गोष्ठी आदि सञ्चालन गर्दै आएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %