भैरहवाका मुख्य चोकमा ‘फ्री वाईफाई जोन’

भैरहवाका मुख्य चोकमा ‘फ्री वाईफाई जोन’
0 0
Read Time:1 Minute, 34 Second

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानलाई ‘फ्री वाई फाई जोन’ बनाएको छ। सिद्धार्थ नगरपालिकाले स्थलमार्ग हुँदै धेरै पर्यटकको आवागमन हुने बेलहिया नाका, सिद्धार्थ बसपार्क, देवकोटा चोक, मिलन चोक र बुद्ध चोक गरी पाँच स्थानमा फ्री वाई फाई जोन बनाएको हो ।

नगरप्रमुख इश्तियाक अहमद खाँले आफ्नो चुनावी घोषणा एवं प्रतिबद्धता अनुरूप नगरका मुख्य भागलाई फ्री वाई फाई जोन बनाएको जानकारी दिए। उनले अहिलेको इन्टरनेट सेवा सबैलाई सहज होस् भनेर नगरका विभिन्न स्थानमा फ्री वाई फाई सेवा जडान गरिएको बताए ।

नगरबासी, आन्तरिक तथा बाह्य पर्यटकहरूलाई देश–विदेशका सूचना समाचारका साथै नगरपालिकाको मोबाइल एप्स, वेबसाइटबाट प्रवाह गरिने अनलाइन सेवा, नगरपालिकाको सूचना तथा जानकारीहरूमा छिटोछरितो तथा सजिलै पहुँच हुने उद्देश्यका साथ फ्री वाई फाई जडान गरिएको उनको भनाइ छ। अहिले भैरहवाका पाँच स्थानमा फ्री वाई फाई सेवा सुचारु गरिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %