विद्यालयस्तरीय स्वस्थ मुख शिक्षा अभियान देवदहमा शुरु
बुटवल । विद्यालयस्तरीय स्वस्थ मुख शिक्षा अभियान रुपन्देहीको देवदह नगरपालिकामा शुरु भएको छ । विहीबार देवदह ६ युगज्योती माविमा एक कार्यक्रमको आयोजना गर्दै अभियान शुरु भएको हो ।
बुटवलमा रहेको आधुनिक समाज डेन्टल केयर प्रालीको आयोजना तथा प्राविधिक सहयोग र देवदह नगरपालिकाको सहयोग तथा समन्वयमा आयोजना भएको अभियानको नगरप्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गरेका हुन् ।
नगरप्रमुख खरेलले बोल्दै देबदह नगरपालिकाले स्वास्थ क्षेत्रमा निकै नया योजनाहरु ल्याएको बताउदै स्वस्थ देबदह नगरबासी बनाउने गरि कामहरु गरिएको बताए। उनले मुख स्वास्थ्यको बारेमा घरमा निकै सहज तरीकाले घरमै ख्याल राख्न सकिने भएपनी त्यो अनुसारको कामहरु नहुदा समस्या रहेको बताए । उनले बालबालिकामार्फत शिक्षा प्रदान गर्दा उनीहरु सहित परिवार पनि स्वस्थ हुने भएकोले अभियान शुरु गरिएको जानकारी दिए।
उनले मुख भनेको निकै संबेदनसिल रहेको बताउदै मुखको स्वास्थ्यमा हेलचेक्राई गरेमा हरेक किसिमबाट कुरुप हुने बताउदै यसको उपचार पनि महँगो हुन जाने बताए।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले देबदह नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको स्मरण गर्दै यहाका नागरिकको सुरक्षा र शैक्षिक स्तर उकास्नका लागि कामहरु गरिरहेको बताईन।
उनले नगर अस्पताल बनेको बताउदै शुन्य घर डेलिभरी अभियान समेत चलाएको बताउदै मुख स्वास्थ्यको अभियानलाई अगाडि ल्याएको बताईन। उनले यो कार्यक्रमले बिद्यालयस्तरका बालबालिकाहरु मुख स्वास्थ्य प्रती सचेत हुने र समग्र नगरमा नै राम्रो प्रभाव पर्ने बताईन।
कार्यक्रममा देबदह नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेल, देवदह ६ अध्यक्ष खेम सारु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेम नारायण अधिकारी प्रध्यानाध्यापक शिव प्रसाद ढुंगाना मुख स्वास्थ्य अभियन्ता माधव सापकोटा, देबदह मेडिकल कलेजका अस्पताल निर्देशक डा जयराज शर्मा लगायतले बोल्दै मुख स्वास्थ वेलैमा उपचार गरेमा निकै सहज तर ढिलो भएमा महंगो हुने भएकोले वेलैमा सचेतना अपनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रम अन्तरगत नमुना रक्तअल्पता एचवि परिक्षण गरि किशोरीहरुको रक्तअल्पताको स्थीति समेत जानकारी प्रदान गरिने आधुनिक समाज डेन्टल बुटवलका सञ्चालक अमृत भुसाल (पियुस) ले जानकारी दिए।डेन्टलका ५ जना चिकित्सक तथा प्राविधिकहरुले अभियानमा कार्यहरु गरिरहेका छन।
कार्यक्रम नगरपालिका भित्रका ३० वटा सामुदायीक विद्यालयहरुमा सञ्चालन हुने देबदह नगरपालिकाका जनस्वास्थ्य निरिक्षक काशीनाथ बञ्जाडेले जानकारी दिए।उनले वर्षको २ पटक अभियान सञ्चालन हुने बताए।
यसबाट नगरपालिका भित्रका करिब १० विद्यार्थीहरुले लाभ पाउनेछन। पहिलो चरण अन्तरगत १ महिनाभित्र सम्पुर्ण बिद्यालयका बिद्यार्थीहरुको चेकजाँच हुने छ।

लेखकको सम्वन्धमा