चर्चाका समाचारहरु

बुटवलका तीन मुख्य चोकमा ट्राफिक लाइट जडान हुने

बुटवलका तीन मुख्य चोकमा ट्राफिक लाइट जडान हुने
0 0
Read Time:3 Minute, 21 Second

बुटवल। उपमहानगरपालिका वडा नं ११ कालिकानगर स्थित कालिका चोकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई सफा,स्व्च्छ,हरियाली,उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा सिसिटिभि जडान गर्ने काम भइरहेको जानकारी गराए ।

उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्न सकिने बताए ।

सडक सुरक्षालाई मध्येनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चौपायाको ब्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउदै उनले दोस्रो चरणमा ट्राफिक लाइट जडान गर्न लागिएको उल्लेख गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए । बुटवलको कालिका चोकमा बिगतमा धेरै दुर्घटनाहरू भएको भन्दै उनले ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमि आउने विश्वास ब्यक्त गरे ।

उपमहानगरपालिकाको बार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका पुर्वाग्रह महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिए । बजारको सुरक्षाका लागि करिब ५२ लाखको लगानीमा बुटवलको वडा नं ४,५,६,९ को बसपार्क क्षेत्रमा १२५ सिसिटिभि क्यामेरा जडान गर्ने कार्य भइरहेको उनले बताए ।

ट्राफिक लाइट जडान गर्ने काम सम्पन्न गर्न तीन महिनाको म्याद भए पनि १५ भित्रमा काम सम्पन्न गर्ने निर्माण कम्पनीले आश्वासन दिएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी गराए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %