रविलाई पाँचौँपटक म्याद थपका लागि अदालत पेस
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर ९, २०८१
- 83 Shares
-

बुटवल । पोखरा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा पेस गरेको छ ।
सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज (आइतबार) पाँचौँपटक म्याद थपका लागि अदालत पेस गरेको हो । यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । सो म्याद सकिएपछि आइतबार अदालत उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ६ दिन, दोस्रोपटक सात दिन र तेस्रोपटक १० र चौथोपटक १३ दिनको म्याद दिएको थियो । म्याद थपपछि उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीको छ ।
उनीसँग पूर्वडीआईजी छविलाल जोशीलाई समेत म्याद थपका लागि अदालत पुर्याइएको छ । छविलाई भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयानका लागि गएको मंगलबार काठमाडौं ल्याइएको थियो । शुक्रबार उनलाई पोखरा फर्काइएको छ ।
प्रतिकृया दिनुहोस्
- सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
- बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
- सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
- रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
- सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
- आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
- आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- बुटवल–नारायणगढ चार लेन सडक ः म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
- तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
- प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
असार २३, २०८२ -
तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
असार १८, २०८२ -
सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
असार २३, २०८२ -
आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
असार २३, २०८२ -
सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
असार २३, २०८२ -
आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
असार २३, २०८२
लेखकको सम्वन्धमा