- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक २७, २०८१
- 238 Shares
-
Read Time:1 Minute, 21 Second
रासस
गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो ।
नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउन्डेड र अर्को अप्रेसनमा रहेका कारण उक्त जहाज नबन्दासम्म निगमले सातामा एकपटक मात्र उडान गर्ने भएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।
रेसुङ्गा विमानस्थलमा प्रतिकूल मौसमका कारण लामो समयदेखि हवाई उडान अवरुद्ध हुँदै आएकोमा गत दुई सातादेखि उडान नियमित गरेको थियो । नियमित उडान सुरु गरेलगत्तै पुनः उडान तालिका परिवर्तन गरेको हो ।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार पाँच सय भाडादर कायम गरेकोे छ ।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा