सहयोगी टोल विकास सस्थाको दोस्रो साधारणसभा सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर ९, २०८०
- 156 Shares
-
बुटवल । सहयोगी टोल विकास सस्था बुटवल ११ कालिकानगरको दोस्रो साधारणसभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगरको बिकासमा टोल विकास सस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताए।

उनले बुटवललेलले टोललाई बढी महत्त्व दिने गरेको बताउदै उनले टोल मार्फत र जनसहभागितामूलक कामलाई समर्थन गर्ने पालिका मध्य बुटवल एक नम्बर रहेको दाबी गरे। उनले टोलका विभिन्न कुराहरूकाइ समितिले सन्तुलनमा राख्नुपर्ने बताए।
कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य एवं बुटवल ११ वडा सदस्य हेमा थामीले टोल विकास सस्थाले स्थापनाको छोटो समयमा सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न कामहरु गरेको थाहा पाउँदा खुसी लागेको बताईन । उनले टोल विकास सबल हुदा समग्र नगर नै सबल हुने भएकोले क्रियासिल हुन आग्रह गरिन।

कार्यक्रम सस्थाका अध्यक्ष जानुका अर्याल,सचीव सुधा न्यौपाने ,सल्लाहकार कृष्ण प्रसाद न्यौपाने, जेष्ठ नागरिक मंचको सचीव राम चन्द्र तिवारी, शान्ति टोलको उपाध्यक्ष राधा भणडारी,पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई ,सस्थाका सल्लाहकार थानेश्वर पौडेल ,गोमा पाण्डे, नारायण बेल्बासे लगायतले बोलेका थिए। कार्यक्रममा जेष्ठ नागरिक सम्मान गरिएको थियो।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा