फूल टिप्न व्यस्त बुटवलका किसान (फोटोफिचर)
बुटवल । तिहार नजिकिँदै गर्दा बुटवलका किसान फूल संकलनमा व्यस्त देखिएका छन् । बुटवल उपमहानगरपालिका–१५, चम्कीपुरमा रहेको फोकस मल्टी एग्रो कन्सर्न एन्ड रिसर्च सेन्टरले यस वर्ष १० कट्ठा क्षेत्रमा फूल खेती गरेको छ ।
गत वर्ष ८ कट्ठामा सीमित गरिएको खेती क्षेत्रफल यसपटक बढाइएको छ । किसान राजेशका अनुसार, गत वर्षको राम्रो आम्दानी र यस वर्षको अनुकूल मौसमका कारण खेती विस्तार गरिएको हो ।
अहिले खेतहरू फूलले रंगीन र आकर्षक देखिन्छन् । केन्द्रका अनुसार, सात हजारभन्दा बढी माला उत्पादन हुने अनुमान गरिएको छ । मौसम अनुकूल भएकाले उत्पादन पनि विगतका वर्षहरूभन्दा वृद्धि हुने अपेक्षा गरिएको छ ।
तिहारमा प्रयोग हुने फूल आयात गर्नुपर्ने अवस्था घटाउँदै स्थानीय उत्पादनले बजारमा नयाँ उत्साह थपेको छ । यता फार्महरूमा उत्पादन गरिएका फूललाई मालामा रूपान्तरण गर्दै महिलाहरूले आय आर्जनको माध्यम बनाएका छन् ।
हेर्नुहोस् तस्बिर







लेखकको सम्वन्धमा