रुपन्देहीमा एकल महिलाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

रुपन्देहीमा एकल महिलाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न
0 0
Read Time:2 Minute, 15 Second

बुटवल । मानव अधिकारका लागि महिला खएकल महिला समूह रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ।

कार्यक्रममा एकल महिलाको अधिकार, आत्मनिर्भरता र अवसरका विषयमा सशक्त सन्देशहरू प्रवाह गरिएका थिए।

कार्यक्रम संस्थाकी अध्यक्ष रिता सेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथि, वडा नम्बर ८ का अध्यक्ष यज्ञप्रसाद पगेनी विशिष्ट अतिथि तथा प्रदेश निवर्तमान अध्यक्ष जनकी घिमिरे अतिथिका रूपमा सहभागी थिए।

प्रमुख अतिथि पाण्डेले एकल महिलालाई दयाको दृष्टिले नभई अधिकारको दृष्टिले हेर्नुपर्नेमा जोड दिँदै भने, “आत्मनिर्भर महिलामार्फत मात्रै समाजमा वास्तविक परिवर्तन सम्भव हुन्छ।” उनले बुटवल उपमहानगरपालिकाले एकल महिलाका लागि छुट्टै बजेट र भवन निर्माणका लागि जग्गा व्यवस्था गरेको जानकारी पनि दिए।

अध्यक्ष सेनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रुपन्देही जिल्लाभर एकल महिलाको हकहित संरक्षण, सशक्तिकरण र सीप विकासका कार्यक्रम निरन्तर सञ्चालनमा रहेको बताइन्। उनका अनुसार, संस्थाले विगत वर्षमा थुप्रै एकल महिलालाई सीप र रोजगारीसँग जोड्न सफल भएको छ।

अतिथि वक्ताहरूले एकल महिलाको पहिचान, अधिकार र अवसर सुनिश्चित गर्न राज्य र समाज दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा वडा सदस्य माया दर्नालले स्वागत मन्तव्य दिएकी थिइन् भने संस्थाकी सचिव कला केसीले सञ्चालन गरेकी थिइन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %