बुटवल ८ मा तीज मिलन तथा दर खाने कार्यक्रम

Read Time:1 Minute, 9 Second
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले तीज मिलन तथा दर खाने कार्यक्रम सप्पन्न गरेको छ। कार्यालयको नवनिर्मित भवनमा महिलाहरूको महान चाड हरितालिकाको उपलक्ष्यमा तीज मिलन तथा दर खाने कार्यक्रम राखिएको बुटवल वडा नम्बर ८ का अध्यक्ष अध्यक्ष यज्ञ प्रसाद पाँगेनीले जानकारी दिए।
कार्यक्रममा वडा सदस्यहरु सीता खनाल, सबिता बिक, हरिहर ज्ञवाली र तुलबहादुर थापा,वडा सचीव सुन्दरी आचार्य लगायतले बोलेका थिए।
कार्यक्रममा नगरपालिकाका प्रतिनिधि,टोल बिकास सस्थाका प्रतिनिधि, प्रहरी कार्यालयका प्रतिनिधि,मेलमिलाप केन्द्रका प्रतिनिधि,स्वास्थ्य स्वयंसेविकाहरु,विद्यार्थीका प्राचार्य, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतको सहभागीता रहेको थियो ।
लेखकको सम्वन्धमा