रुपन्देहीमा कति खस्यो मत

रुपन्देहीमा कति खस्यो मत
0 0
Read Time:1 Minute, 32 Second

बुटवल । पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएको छ ।जिल्लामा कुल ४ लाख ४२ हजार ९६३ मत खसेक जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए। जुन ६५.०१ प्रतिशत हो । रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५२३ जना मतदाता रहेका थिए।

कुन क्षेत्रमा कति मत खस्यो?
उनका अनुसार रुपन्देही क्षेत्र नम्बर एकमा ९७ हजार २११ मत खसेको छ । यस्तै रुपन्देही क्षेत्र नम्बर दुईमा ८६ हजार ७१५ मत खसेको छ । रुपन्देही क्षेत्र नम्बर तीनमा ९७ हजार ३८३ मत खसेको छ।
त्यसैगरी रुपन्देही क्षेत्र नम्बर चारमा ७६ हजार ८१२ मत र रुपन्देही क्षेत्र नम्बर पाँचमा ८४ हजार ८३८ मत खसेको प्रमुख निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
यी मतदाताहरूले जिल्लाभरका २१३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन् ।
मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर सकेसम्म रातिदेखि नै मतगणना शुरू गरिने उनले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %