देश बिगार्ने एमाले र काङ्ग्रेसी हुन : राजेन्द्र लिङ्देन
Read Time:1 Minute, 6 Second
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली काङ्ग्रेस र नेकपा एमाले दुई पार्टी नभएर एउटै पार्टी भएको प्रतिक्रिया दिएका छन्। उनले नामको कारणले मात्रै २ वटा पार्टी जस्तो देखिएपनी यी दुई पार्टीको व्यवहार एउटै भएको आरोप लगाए।
तौलिहवामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष लिङ्देनले ठुला ठुला भ्रष्टाचारमा यी दुई पार्टीका मान्छेको सहभागिता रहेकोले यी दुई पार्टी एउटै रहेको बताए।
देश बर्बाद पार्न दुई पार्टीको संलग्नता रहेको आरोप लगाए। भ्रष्टाचारीहरूलाई जोगाउन दुई पार्टी लागेको आरोप लगाए।

लेखकको सम्वन्धमा