इनरह्वील बुटवल मिडटाउनमा नयाँ नेतृत्वः अध्यक्ष जुनु भण्डारी

इनरह्वील बुटवल मिडटाउनमा नयाँ नेतृत्वः अध्यक्ष जुनु भण्डारी
0 0
Read Time:2 Minute, 57 Second

बुटवल । इनरह्वील क्लब अफ बुटवल मिडटाउनको अध्यक्षमा जुनु भण्डारी निर्वाचित भएकि छन् । बुटवलमा सम्पन्न १७ औँ पदस्थापन समारोहका बीच उनले वर्ष २०२५ र २६ का लागि अध्यक्षको पदभार ग्रहण गरेकि हुन । । तत्कालीन अध्यक्ष राधिका देवी रिजालले भण्डारीलाई पदभार हस्तान्तरण गरेकि हुन्।

यसै गरि नयाँ कार्यसमितिमा उपाध्यक्षमा शुशिला पोखरेल, आइपिपीमा राधिका रिजाल, सचिवमा गीता खनाल, कोषाध्यक्षमा बिजु पौडेल, सह–सचिवमा सुधा न्यौपाने, सह–कोषाध्यक्षमा प्रेरणा केसी, आईएसओमा कविता परियार, एडिटरमा जम्मु श्रेष्ठ तथा कार्यसमिति सदस्यमा शुशिला सापकोटा र दुर्गा श्रेष्ठ रहेका छन् ।

नवनियुक्त अध्यक्ष भण्डारीले इनरह्वील क्लबले समाजमा पुर्‍याउँदै आएको योगदानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन । उनले “वृक्षारोपणदेखि छात्रवृत्ति वितरणसम्मका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउँदै सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकता दिने” प्रतिज्ञा व्यक्त गरिन । साथै उनले इनरह्वील डिष्ट्रिक ३५० ले अघि सारेको योजना अनुरूपका गतिविधि कार्यान्वयन गर्ने बताइन।
पूर्वअध्यक्ष राधिका रिजालले आफ्नो कार्यकालमा सम्पन्न सामाजिक तथा शैक्षिक कार्यक्रमहरूको समीक्षा गर्दै संयोजक र सहयोगीहरूलाई सम्मान गरेकि थिइन ।

कार्यक्रमका प्रमुख अतिथि, इनरह्वील डिष्ट्रिक ३५० नेपालकी तत्कालीन चेयरम्यान आशा श्रेष्ठले क्लबले निरन्तर उत्कृष्ट कार्य गर्दै आएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई अझ ऊर्जाशील रूपमा अघि बढ्न शुभकामना दिन। उनले क्लबका पूर्वअध्यक्ष तथा सल्लाहकारलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नयाँ सदस्यलाई पिन लगाएर स्वागत समेत गरेकि थिइन ।

पदस्थापन समारोहमा विद्यार्थी सम्मान, छात्रवृत्ति निरन्तरता लगायतका विशेष गतिविधि पनि समावेश गरिएका थिए ।
सो अवसरमा रोटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुली, उपाध्यक्ष शुशिला पोखरेल, सचिव गीता खनाल लगायतले क्लबलाई शुभकामना मन्तव्य दिएका थिए । ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %