स्वदेशमै राेजगारी दिलाउँदै लम्साल
बुटवल । देशमै युवाहरूलाई रोजगारी दिने संकल्पसाथ अघि बढेका रमेश लम्साल आज नेपाल जब एजेन्सीका संस्थापक तथा प्रबन्ध निर्देशकको रूपमा परिचित छन्। वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्य बोकेका लम्सालको नेतृत्वमा हालसम्म हजारौं युवाहरूले रोजगार पाएका छन्।
पाल्पा दोभानमा जन्मिएर बुटवलमा हुर्केका लम्सालले स्नातक तहसम्मको अध्ययन गरेका छन्। सानैदेखि सामाजिक उत्तरदायित्वप्रति गहिरो लगाव राख्ने उनले २०७५ साल असारमा भैरहवाबाट बुद्ध जब नेपालको सुरुवात गरे। पछि २०७६ माघमा व्यवसायलाई पुनःसंरचना गर्दै “नेपाल जब एजेन्सी” को नाममा व्यावसायिक विस्तार गरे।
हाल बुटवल र भैरहवामा शाखा सञ्चालन भइरहेको यस एजेन्सीले बुटवल, भैरहवा, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका होटल, रेस्टुरेन्ट, क्याफे, रिसोर्टहरूमा योग्य जनशक्ति आपूर्ति गर्दै आएको छ। संस्था मार्फत दैनिक ५–६ जनासम्मलाई प्रत्यक्ष रोजगारमा पठाउने कार्य भइरहेकाे छ।
रोजगारी सिर्जना गर्न लम्साल स्वयं रोजगारदाता र रोजगारी खोज्नेहरूबीच संयोजकको भूमिकामा सक्रिय रहँदै आएका छन्। उनी भन्छन्, “रोजगारी दिनु व्यापार हो, तर भविष्य निर्माण गर्नु हाम्रो जिम्मेवारी हो।”
उनले पाँचतारे होटलदेखि सामान्य क्याफे र क्लबहरूसम्मका लागि क्याप्टेन् , कुक , वेटर, क्यासिएर , रिसेपसनिस्ट जस्ता पदहरूमा दक्ष, अनुशासित र समयपालक कर्मचारीहरू उपलब्ध गराइँदै आएको छ।

लेखकको सम्वन्धमा