विश्वव्यापी श्रवणदृष्टिविहनता स्रोत केन्द्र रुपन्देहीबाट शुभारम्भ

वुटवल। राष्ट्यि बहिरा महासंघले सेन्स ईन्टरनेशनल विश्वव्यापी श्रवणदृष्टिविहिनता सोत केन्द्रको वेभ पोर्टल रुपन्देहीमा सार्वजनिक गरेको छ ।
नेपालका ४ वटा प्रदेशका स्रोत शिक्षकहरुको लागि रुपन्देहीमा आयोजित प्रविधीक पहुँचयुक्तता तालिमको शुभारम्भको अवसरमा उक्त वेभ पोर्टल सार्वजनिक गरिएको हो ।
वेभ पोर्टलको नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी,भक्तपुरका सविता दंगाल, शिक्षा विकास तथा संमन्य एकाई रुपन्देहीका प्रमुख माधव बन्जाडेले वेभ पोर्टल हवको शुभारम्भ गरेका हुन ।
स्थानीय तहमा पहिलो पटक रुपन्देहीबाट शुभारम्भ गरिएको उक्त वेभ पोर्टल डेफ्टथ्ब्लाईण्डनेस डट ईन्फोमा गएर नेपाली भाष चयन गरि हेर्न सकिन्छ ।
श्रवणदृष्टि विहीनता सम्बन्धि ग्लोबल रिसोर्स हब एक अनलाइन प्लेटफर्म हो जहाँ श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई पहुँचयुक्त सुचना, तथा स्रोत सामग्रीहरु उपलब्ध छन् ।
हबले श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरुलाई सहयोग गर्ने बृहत सञ्जाललाई आवश्यक सुचनाहरुमा पहुँच उपलब्ध गराउने र सेवा सुविधा प्राप्तका लागि मार्गदर्शन गर्न ‘एकीकृत केन्द्र’ को रूपमा सेवा प्रदान गर्ने राष्ट्यि बहिरा महासंघका परियोजना संयोजक शंकर सिंह चैसरले जानकारी दिए ।
उनका अनुसार नेपाली भाषा सहित अन्य ७ वटा श्रवणदृष्टिविहनता भएका व्याक्तिरुहको लागि चाहिने सम्पूर्ण विवरण हरु त्यहाँ राखिएको छ ।
यस्तै विहिबार बाट ५ दिनको सम्मको लागि प्राविधिक पुहँचयुक्तता विषयमा तालिम समेत सुरुवात भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको मुख्य संयोजनमा मंगलापुरमा आयोजना गरिएको तालिममा देशका ४ वटा प्रदेशबाट बाहिरापना भएका शिक्षक व्याक्तिहरु, देशका विभिन्न स्थानमा स्रोत शिक्षकको रुपमा कार्यारत शिक्षकहरुको सहभागीता रहेको छ ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै शिक्षा विकास तथा संमन्वय एका रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यार्थीहरुको लागि के कसरी सिकाउने भन्ने विषयमा सिकाई उपलब्धी हुने बताएका थिए ।
उनले शिकाई उपलब्धीको लागि शिक्षकहरुको मिहिनेत जरुरी रहेको बताएका थिए । उनले अपांगता भएका व्याक्तिहरुको लागि सबैभन्दा बढि महत्वपूर्ण प्राविधिक सिप र शिक्षा आवश्यक भएको भन्दै यसको लागि सबैले सहकार्य गर्नुपर्ने बताएका थिए ।
शिक्षा विकास तथा मानव स्रोत केन्द्रका सानोठीमि भक्तपुरको समावेशी शिक्षा शाखा निर्देशक सविता दंगालले प्रविधिमा आधारित क्षमता विकास कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् ।
शिक्षण सिकाई क्रियाकपलाईलाई प्रविधियुक्त बनाउनको लागि तालिम आयोजना गरिएको बताईन् ।
तालिममा ३ वटा प्रदेश लुम्बिनी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका २५ जना शिक्षकहरुको को सहभागीता रहेको जानकारी गराउँदै जसबाट बाहिरोपना भएका व्याक्तिहरुको लागि प्रभावकारी हुने समेत बताईन् ।
तालिममा बाबुराम ढुंगाना, देवि प्रसाद दाहाल लगायतले सहजीकरण गर्ने छन्
लेखकको सम्वन्धमा