पश्चिम नवलपरासीमा ५ वडाको नतिजा सार्वजनिक
Read Time:59 Second
बुटवल । पश्चिम नवलपरासीमा ५ वडाको नतिजा सार्वजनिक भएको छ। जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका चुल्लाई यादव सहितको प्यानल विजयी भएका छन।
रामग्राम नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्रप्रसाद उपाध्याय विजयी भएका छन।
यस्तै रामग्राम नगरपालिका वडा नम्बर २ मा जनता समाजबादी पार्टीका निरज रौनियार विजयी भएका छन।
प्रतापपुर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका महेन्द्र चौधरी सहितको प्यानल विजयी भएको छ भने सुनवल नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका मानबहादुर थापा सहितको प्यानल विजयी भएका छन।

लेखकको सम्वन्धमा