पाल्पामा ६ वडामा एमाले, ५ वडामा कांग्रेस र १ मा माओवादीका वडाध्यक्ष निर्वाचित
मुक्ति न्यौपाने – पाल्पा। पाल्पाका स्थानीय तहको निर्वाचनमा खसेको मतको मतगणना भैरहेको छ । दश स्थानीय तह रहेको पाल्पा जिल्लाको रामपुर नगरपालिका, तानसेन नगरपालिकासँगै ७ वटा गाउँपालिकामा मतगणना भैरहेको छ । पाल्पाको रम्भा गाउँपालिकामा भने मतगणना रोकिएको छ । खसेको मतभन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो ।
रामपुर नगरपालिकाको वडा नं. १ मा कपिल बहादुर खाँड नेपाली कांग्रेस र वडा नं. १० मा नेकपा एमालेबाट विजयी भएका छन् ।
तानसेन नगरपालिका वडा नं. १ मा सुनिल बस्याल र २ मा महेश्वर श्रेष्ठ नेपाली कांग्रेसबाट विजयी ।
रैनादेवी छहरा गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीका वडाध्यक्ष सोम दर्लामी विजयी भएका छन् ।
निस्दी –१ बाकामलाङ्गमा नेकपा(एमाले)को तर्फबाट वडा अध्यक्षमा यम बहादुर राना सहित प्यानलनै विजय
तिनाउ गाउँ पालिका वडा नं १ मा एमालेका वडा अध्यक्ष भुवानसिं चिदि, तिनाउ २ दोभानमा एमालेका यादब अर्याल बिजयी भएका छन् ।
पाल्पाको माथागढी गाउँपालिका वडा नं. ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यमा दिल बहादुर ढेंगा सहितको कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । माथागढी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका राजकुमार पन्थी सहित एमाले प्यानल नै बिजयी भएका छन् ।
पूर्वखोला गाउँपालिकाको वडा नं. १ र २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको छ । यस्तै सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो । १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेको पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए ।
पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो ।

लेखकको सम्वन्धमा