बुटवलका मेयर सुवेदीको वडामा स्वतन्त्र उम्मेदवारको प्रचार समुहलाई एमाले कार्यकर्ताद्वारा हातपात

बुटवलका मेयर सुवेदीको वडामा स्वतन्त्र उम्मेदवारको प्रचार समुहलाई एमाले कार्यकर्ताद्वारा हातपात
1 0
Read Time:3 Minute, 29 Second

बुटवल । स्थानीय तहको निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका वडाअध्यक्षमाथी नेकपा एमालेका कार्यकर्ताले हमला गरेका छन।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवार रहेका प्रकाश क्षेत्रीको प्रचार प्रसार समुहलाई एमाले कार्यकर्ताले हातपात गरेका छन।
बहालवाला मेयर शिवराज सुबेदीको वडाबाट स्वतन्त्रबाट वडाअध्यक्षको उम्मेदवार बनेको थाहा पाएपछि घरदैलोकै क्रममा एमालेका स्थानीय युवा नेताहरुले अराजक र गुण्डागर्दी शैलीमा घरदैलोमा सहभागीहरुमाथी हातपात गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा समेत लेखेका छन
लुम्बिनीप्रेससंग टेलिफोनमा कुरागर्दै स्वतन्त्र उम्मेदवार क्षेत्रीले भने,’मैले चुनाव प्रचार प्रसारको क्रममा हिजो ( बैशाख २४गते) बृहद घरदैलो गरिरहेको थिए, घरदैलोकै क्रममा नेकपा एमालेका स्थानीय युवा नेताहरुले अराजक र गुण्डागर्दी शैलीमा घरदैलोमा सहभागी मेरो शुभचिन्तक र सहयोगीहरु प्रती हातपात भयो। म खेद व्यक्त गर्दछु ।’
उनले बहालबाला मेयरकै वडामा उम्मेदवार र उम्मेदवारका सहयोगीहरुमाथी हातपात हुनु दु:खद भएको उनको भनाई छ। निर्वाचनमा आफ्नो एजेण्डा लिएर प्रचार प्रसार गर्न पाउनु सबैको अधिकार भएको बताउदै मेयरकै आग्रहमा यस्तो भएको उनको संकेत छ।
उनले ठुलो पार्टीको आडमा भएको अराजक र गुण्डागर्दी प्रवृत्ति समाज र देशको लागी हानिकारक हुने बताउदै उम्मेदवारहरुको शुरक्षाकोलागि सुरक्षा निकाए र बहालवाला मेयरले जिम्मेवारी लिनुपर्ने बताउछन।उनले अराजक र गुण्डागर्दी गतीविधिको पूर्ण विरोध गर्दै सबैलाई भयरहित वातावरणमा निर्वाचन सहभागी हुने अवस्थाको निर्माण गर्ने कार्यमा सहयोग गर्न आग्रह समेत गरे।
क्षेत्रीले बुटवलमा मनोनयनको पहिलो दिन दोस्रो उम्मेदवारको रुपमा मनोनयन गरेका थिए। उनको चुनाब चिन्ह गुलाफको फुल हो। बुटवलमा नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजबादी,माओवादी केन्द्र, जनता समाजबादी पार्टि र जनमोर्चाको गठबन्धन रहेको छ भने एमाले र जनमुक्ति पार्टिले यहाँ तालमेल गरि गठबन्धन बनाएका छन।बुटवलको मेयरमा गठबन्धनबाट मेयरमा काङ्ग्रेसका खेलराज पाण्डे र उपमेयरमा एकीकृत समाजबादीका चीन बहादुर गुरुङ उम्मेदवार छन भने, एमालेबाट मेयरमा बाबुराम भट्टराई र उपमेयरमा साबित्रादेबी अर्याल उम्मेदवार छन।

Happy
Happy
8 %
Sad
Sad
67 %
Excited
Excited
17 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
8 %