बुटवलका आएका काग्रेसका नेता ओलीमाथी नै खनिए
बुटवल । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् ।
शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि उनले बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् ।
पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विना गठबन्धन मूलुकको विकास समेत असम्भव भएको बताए ।

उनले एमाले अध्यक्ष केपि ओलीले पाँच बर्षका लागि पाएको जनमत आफैले सुरक्षा गर्न नसकेको बताए । उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै ओलीले संसदमा विरोध सहन नसकेको बताए ।
देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको औँल्याए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निमित्त नायक बनाइएको टिप्पणी गरेका छन्। उनले राजा महेन्द्र, ज्ञानेन्द्रपछि ओलीले संसद् विघटन गरेर विकास र अस्थिरतातर्फ धकेल्ने वाहक बनेको बताए। उनले विदेश शक्तिले ओलीलाई निमित्त बनाएको आरोप लगाएका हुन्। उनले जनता ठग्नेहरूलाई जनताले रोज्न नहुने बताए।
उनले नेपालको स्थायित्व, विकास र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए। उनले दलित, महिला पिछडिएको क्षेत्रको अधिकार रक्षाका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए। उनले राजनीतिक अस्थिरताका कारण मुलुकको संविधान नै संकटमा पार्ने काम भइरहेको बताए। वरिष्ठ नेता पौडेलले बुटवलवासीले घरघर र हस्पिटलको बेडमा भेटिने मेयर जनाले खोजेको बताए।
यस्तै नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको बताएका छन्।उनले एमाले अध्यक्ष ओलीले मिठा गफ मात्रै गरेको र मनोरञ्जन दिलाएको बताए। राजनीतिमा इमान, समर्पण र दुरदृष्टि चाहिने भन्दै ओली नेतृत्वको सरकार असफल भएको उनले बताए। उनले गठबन्धनको सरकार आएपछि देशमा कुशासन हटेको बताए।
राजनीतिमा इमान, समर्पण र दुरदृष्टि चाहिने भन्दै ओली नेतृत्वको सरकार असफल भएको उनले बताए। उनले गठबन्धनको सरकार आएपछि देशमा कुशासन हटेको बताए।देशमा कोभिडले ठप्प पार्दा ओलीले सुनदेखि ओम्नी काण्ड घटाएको उनको आरोप छ। नेपाली कांग्रेस काम गर्ने पार्टी भएको भन्दै अहिलेको गठबन्धनले कुराको अन्त्य गर्ने बताए।
कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले गठबन्धन सबै दलकाे आवश्यकता रहेकाेले गठबन्धनका उम्मेद्वारलाइ बिजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा समाजवादी नेतृ रामकुमारी झांक्री, राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, माओवादीका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल बलदेब, जसपाका नेता नवराज सुवेदी, मेयरका उम्मेदवार खेलराज पाण्डे, उपमेयरका उम्मेदवार चीनबहादुर गुरुङ, माओवादी रुपन्देही प्रमुख निर्मल जिसी, कांग्रेस नेता युवराज गिरीलगायतले बाेलेका थिए।

लेखकको सम्वन्धमा