अपाङ्गता भएका व्याक्तिलाई मतदाता शिक्षा
Read Time:1 Minute, 17 Second
बुटवल । रुपन्देही जिल्लामा विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुलाई मतदाता शिक्षा प्रदान गरिएको छ । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजानमा शान्ती नमुना माविमा एक कार्यक्रम आयोजना गरी मतदान के कसरी गर्ने, के कसरी मत बदर हुन्छ, आफ्नो मत को सही सदुपयोग के कसरी हुन सक्छ भन्ने विषयमा तालिम प्रदान गरिएको हो । नेपाल नेत्रहिन संघका केन्द्रीय सदस्य शिला घिमिरे, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी, नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेल सहितको सहभागीतामा तालिम प्रदान गरिएको हो । तालिममा अपाङ्गता भएका व्याक्तिहरुको राजनीतिक पहुँच परियोजाना संयोजक अस्मीता क्षेत्री, फेलिटेर टिकाराम घिमिरे, लक्ष्मी पाण्डे लगायतले सहजीकरण गरेका थिए ।

लेखकको सम्वन्धमा