जनउत्थान लघुवित्तले मनायो १५औं वार्षिकोत्सव
बुटवल । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्था स्थापनाको १५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । संस्थाको शाखा कार्यालय बुटवलको आयोजनामा १५ औं वार्षिकोत्सव समारोह तथा बैंकिङ्ग समुदाय सदस्यहरुको लागि प्रशिक्षण कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा.मानबहादुर वीकेको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र लुम्बिनी वाणिज्य क्याम्पस बुटवल बीच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लघुवित्त, सामुदायिक वित्त, उद्यमशीलता, हरित विकासको क्षेत्रमा करियर निर्माण गर्ने तथा ती क्षेत्रहरूको प्रवद्र्धनका लागि प्लेटफर्म सिर्जना गर्र्ने गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षरगरिएको छ । साथै, सोही अवसरमा वित्तीय संस्थाको नयाँ ब्रसरको समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै वित्तीय संस्थाका अध्यक्ष विश्वकर्माले १५औं वर्ष सम्मको निरन्तर यात्रामा सहयोग गर्नुहुने हरुलाई आभार प्रकट गर्दै आगामीदिनहरुमा समेत लक्षित उद्देश्यप्रति दृढ रहीअझ सुदृढ, सरल र विश्वसनीय सेवाप्रदानगर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष बिकले ६० हजार बढी सदस्य रहेको ३९ शाखाबाट कार्यसम्पादन भैरहेको बताए।
लुम्बिनी बाणिज्य क्याम्पस बुटवल प्रमुख डा तारा प्रसाद उपाध्यायले लघुबित्तले एकदमै महत्वपूर्ण कार्य गरेको जानकारी प्राप्त भएको बताउदै सहकार्य सम्झौता भएकोले उद्देश्य पूरा हुने बताए। उनले सीप र प्रविधि बिनाको ज्ञानको उपलब्धी नहुने बताउदै यसतर्फ ध्यान दिन आग्रह गरे।
संस्थापक तथा पूर्व अध्यक्ष बाबुराम विश्वकर्माले लघुबित्तबाट ऋण लिएको रकम उत्पादनमूलक क्षेत्रमा मात्रै लगाउन सुझाए। उनले ऋण तिर्नु पर्दैन भन्ने हल्लाको भरमा नलागी स्वावलम्बी बन्न आग्रह गरे।
सयुक्त बचत केन्द्र बुटवल ११ समुह उपप्रमुख अनिता विश्वकर्माले लघुवित्तले बिनाधितो र सामान्य ब्याजमा ऋण पाएकोमा खुसी लागेको बताईन। उनले यताबाट लगेको रकमले उद्यमी बन्नको लागि काम भईरहेको बताईन।
कार्यक्रममा कार्यकारी प्रमुख सुनिल कुमार राय , नायब प्रमुख कार्यकारी अधिकृत सुर्य प्रसाद उपाध्याय, बिभागिय प्रमुख ईन्द्र बराली लगायतले शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रममा अध्यक्ष बिक र प्रशिक्षक यज्ञ बिक्रम शाहीले प्रशिक्षण समेत प्रदान गरेका छन। कार्यक्रममा भरत कुमार रशाली, टोप बहादुर सुनार, गङा नेपाली र शर्मीला बिकलाई सम्मान समेत गरिएको थियो।नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त जनउत्थानका १९ जिल्लामा कार्यक्षेत्र रहेको छ।
शाखा कार्यालयहरुमा बिभिन्न कार्यक्रम
१५ औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अर्न्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु भएका छन् । संस्थामा आवद्ध सदस्यहरुको लागि बिउ विज नवितरण गर्ने, रक्तदान कार्र्यक्रम, सरसफाइ सरसफाइ तथा डस्टविन वितरण कार्यक्रम, खाद्यन्न वितरण, मन्दिरमा डष्टविन वितरण, फोहर व्यवस्थापनकालागि डस्बिन वितरण, खेलकुद सामग्री वितरण, मन्दिर परिसर सरसफाई तथा गोडमेल कार्यक्रम, ग्राहकहरु संग अन्तरक्रिया कार्यक्रम, सुस्त मनस्थितीहरुको लागि राहत सामाग्री वितरण कार्यक्रमलगायतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट सृर्जनात्मक कार्यहरु गरी मनाएको जनाइएको छ ।
वित्तीय संस्थाले आफ्नो १५औं वर्ष सम्मको यात्रामापूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्लाहरु र थप ८ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखाकार्यालय मार्फतहाल सम्म करिव ५० हजार जना सेवाग्राहीलाई सेवाप्रवाह गर्नुका साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीप मूलक तालीमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व संग सम्बन्धित सेवाहरु समेत प्रदानगर्दै आएको छ ।

लेखकको सम्वन्धमा