लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा सितुप्रसाद श्रेष्ठ

लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा सितुप्रसाद श्रेष्ठ
0 0
Read Time:2 Minute, 17 Second

बुटवल । लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा सितुप्रसाद श्रेष्ठ पुनः चयन भएका छन् ।चैत १५ गते शुकवार हाेटल एशियनमा सम्पन्न लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको प्रथम साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरको हो ।

संघको उपाध्यक्षमा राजकुमार श्रेष्ठ , सचिवमा केशब शाक्य , कोषाध्यक्षमा हुकुम केशी निर्वाचित भएका छन् । यस्तै सदस्यमा सराेज सिंह , नितेश गुरुङ,खेम धर्ती र बिज्ञान श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएको छन् ।

लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्ष सितुप्रसाद श्रेष्ठकाे अध्यक्षता तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका बरिष्ठ उपाध्यक्ष बिजयलाल कायस्थकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम संचालन राजकुमार श्रेष्ठले गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख आतिथी कायस्थले नेपाली शारीरिक सुगठन खेलको विकाशमा प्रजातन्त्रता सेनानी तथा अमर शहिद धर्मभक्त माथेमाकाे ठुलो याेगदान रहेको बताए ।

माथेमाले नेपालको राजनैनिक परिवर्तनमा ठूलो योगदान गरेको चर्चा गर्दै उनले याे खेल सबै खेलको माउ खेल भएकाे र नेपालीहरूको शारीरिक वनोट समेत यस खेलना लागि उपयुक समेत रहेकोले यसको प्रवद्वनमा राज्यले महत्व दिनुपर्ने वताए ।

साे अवसरमा अध्यक्ष श्रेष्ठले हुदै गरेको एघारौं बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता निष्पक्ष र बिवादरहित बनाउन निर्णायक समितिलाई अनुरोध गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %