पूर्वमन्त्री बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकाभर आज शोक बिदा

पूर्वमन्त्री बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकाभर आज शोक बिदा
0 0
Read Time:2 Minute, 3 Second

भैरहवा,। रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद्) तथा पूर्वमन्त्री दीपक बोहराको निधनमा सिद्धार्थनगर नगरपालिकाले आज चैत २० गते बुधबार शोक बिदा दिएको छ ।

नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले बुधबार (एक दिन) बिदा दिने निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले बताएका छन । ‘बुधबार शोक मनाउने कार्यक्रम रहेको हुँदा सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सो मातहतको वडा कार्यालयहरु, आधारभूत स्वास्थ्य केन्द्रहरु, सामूदायिक तथा संस्थागत विद्यालयहरु सो दिन सेवा प्रवाह र पठनपाठन स्थगित गर्ने तथा पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरु यथावत सञ्चालन हुनेछ, ’नगरप्रमुख खाँले भने ।

राप्रपा नेता तथा पूर्व मन्त्री बोहराको निधनले सिद्धार्थनगर नगरपालिका परिवार अत्यन्तै स्तब्ध मर्माहत र दुःखित भएको उनले बताए । ‘उहाँको असामयिक निधनले राष्ट्रले एक समर्पित जनप्रतिनिधि गुमाएको छ,’नगरप्रमुख खाँले भने ‘उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा शुभचिन्तकहरुप्रति गहिरो समवेदना प्रकट गर्दछौं, शोकाकुल परिवारजनलाई यो कठिन घडीमा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं ।’

पञ्चातकाल देखिनै सत्ता र शक्ति केन्द्रमा रहदै आएका बाेहराकाे भैरहवा लगायत रूपन्देहीकाे बिकाशमा पनि महत्वपूर्ण याेगदान रहेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %