रिभरसाइड युथ क्लबको १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

रिभरसाइड युथ क्लबको १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
0 0
Read Time:2 Minute, 39 Second

बुटवल । रिभरसाइड युथ क्लब, तिलोत्तमा–६, गोरकट्टा एवं सिद्धार्थनगर सिटी अस्पताल भैरहवाको सहकार्यमा एकदिने निःशुल्क मधुमेह तथा मृगौला परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नि:शुल्क स्वास्थ्य शिविरमा सिद्धार्थनगर सिटी अस्पताल भैरहवाबाट आएका विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले नि:शुल्क परामर्शका साथै मधुमेह, मृगौला र रक्तचाप सम्बन्धी सेवाका साथै निःशुल्क परीक्षण र औषधि समेत उपलब्ध गराएको क्लबले जनाएको छ । स्वास्थ्य शिविरमा १ सय ५० जनाभन्दा बढीको परिक्षण गरिएको छ । शिविरको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले राज्यले गर्नुपर्ने काम स्थानीय क्लबले गरेकोमा प्रशंसा गरिन् । पछिल्लो समय कामको व्यस्तता बढेसँगै मानव स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेको भन्दै समय–समयमा स्वास्थ्य परीक्षण गराउँदा सबैलाई फाइदा हुने उनले बताइन । क्लबका अध्यक्ष दिवश थापाले अध्यक्षको मन्तब्य तथा स्वागत गरेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा तिलोत्तमा कार्यकारिणी सदस्य नरबहादुर छन्तेल, तिलोत्तमा आमा समूहका अध्यक्ष गोमा पाण्डे, हरियाली टोल बिकाश संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डे, सुन्दरबस्ती टोल बिक्री संस्थाका अध्यक्ष बुढीसागर दाहाल, नारी जागरण आम समूहका अध्यक्ष चुमदेबी गुरुङ, नवजीवन युवा क्लबका अध्यक्ष केशव भुसाल, पत्रकार प्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो भने सहसचिव निर्मल भण्डारीले उद्घाटन सत्रको सञ्चालन गरेका थिए । क्लबले विगतमा रक्तदान, सांस्कृतिक कार्यक्रम सहित माघी मेला, समुदायमा छाडा कुकुरको नसबंदी, तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान लगायत विभिन्न सामाजिक कार्यक्रमको आयोजना समेत गर्दै आएको छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %