दाङका राष्ट्रिय तथा सामुदायिक वनमा वर्सेनि डढेलोको चुनौती

दाङका राष्ट्रिय तथा सामुदायिक वनमा वर्सेनि डढेलोको चुनौती
0 0
Read Time:3 Minute, 39 Second

भैरहवा। शून्य वन डढेलो अभियान चलाएर सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाइए पनि दाङका जंगलहरुमा आगलागी र डढेलोका घटना यस वर्ष पनि दोहरिन थालेका छन् ।

डढेलो नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्वयंसेवक सक्रिय रहे पनि मानवीय लापरबाहीका कारण वनमा आगलागी बढेको डिभिजन वन कार्यालय, दाङका निमित्त डिभिजन वन अधिकृत मदनप्रसाद ढुंगाना बताउँछन् ।

उनका अनुसार, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, सामुदायिक वन समूह, उपभोक्ता समूह, डढेलो नियन्त्रण दस्तासँगै डढेलो रोकथामका लागि समन्वयात्मक योजना पनि बनाउने गरिए पनि वनमा आगलागी भइहालेमा नियन्त्रणका लागि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ ।

दाङका राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका घटना सुरु भएका छन् । यस वर्षको वसन्त ऋतुमा अत्यधिक गर्मी र सुक्खा मौसमका कारण वन डढेलोका घटना तीव्र रूपमा वृद्धि भएको अनुमान सम्बद्ध कर्मचारीको छ ।

लामो खडेरीले पातपतिङ्गर सुक्दा तथा हावाहुरीका कारण वन क्षेत्रमा अहिले आगलागीका घटना बढ्न थालेका छन् । घोराही उपमहानगरपालिकाको वडा नं ३ र ५ का वन क्षेत्र तथा लमही नगरपालिकाको वडा नम्बर ६ को वन क्षेत्रमा डढेलो लागेको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्वयंसेवक सक्रिय रहे पनि मानवीय लापरबाहीका कारण वनमा आगलागी बढेको हो ।

‘डढेलोले हुने क्षतिका बारेमा चेतनामूलक कार्यक्रम गर्दै आएका छौं’, डिभिजन वन कार्यालयका वन अधिकृत टेकन आचार्य भन्छन्, ‘वन क्षेत्रमा आगो लगाउँदा घाँसपातका पालुवा चाँडै पलाउने र वर्षायाममा जङ्गली च्याउ उत्पादनमा वृद्धि हुने गलत सोचाइ राखेर स्थानीयले वनमा डढेलो लगाउने गर्दा यो समस्या धेरैजसो हुने गरेको छ ।’

दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । बबई, दङ्गीशरण, घोराहीका वडा नं २, ३ र ५, राप्ती नदी आसपासका वन, बङ्गलाचुलीको ८ नम्बर वडा, गढवा गाउँपालिकाको सालको वनमा समेत वन डढेलोको उच्च जोखिममा छ ।

डढेलो नियन्त्रणका लागि प्रचारप्रसारका कार्यक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा, अग्निरेखा निर्माण र मर्मतलगायत कार्यक्रम नियमितजसो भइरहे पनि वन डढेलो नियन्त्रणमा सधै चुनौती हुने गरेको वन कार्यालयका अधिकारीको भनाइ छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %