रूपन्देही घरजग्गा व्यवसायी संघको अध्यक्षमा उप्रेती र महासचिवमा घिमिरे
भैरहवा । रूपन्देही घरजग्गा व्यवसायीको अध्यक्षमा युवा उद्योगी सुरज उप्रेती सर्वसम्मत निर्वाचित भएका छन् । संघको भैरहवामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट आगामी कार्यकालका लागि उप्रेती अध्यक्षमा निर्वाचित भएका हुन् । एसआर फूड्स, एसआर स्टील, एसआर ढुवानी लगायत आधा दर्जन औद्योगिक एवं व्यवसायिक प्रतिष्ठानका संचालक उप्रेती परिवार रियलस्टेट व्यापारमा पनि सफल मानिन्छन् ।
संघको प्रथम उपाध्यक्षमा विष्णुप्रसाद भुसाल, द्वितिय उपाध्यक्षमा कृष्ण कुँवर, महासचिवमा धीरज घिमिरे, कोषाध्यक्षमा प्रेमनारायण बेल्बासे र सचिवमा पिताम्बर न्यौपाने सर्वसम्मत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता धर्मबहादुर खड्काले जानकारी दिए ।
यस्तै, संघको कार्यसमिति सदस्यहरुमा सुमन न्यौपाने, रितेश सिलवाल, सागर सुवेदी, कृष्णप्रसाद अधिकारी, कृष्णप्रसाद यादव, आवाश बन्जाडे, नारायण महत, अमृत भुसाल, अशोक भुसाल, अभिनव थापा, छत्रबहादुर पन्थी, गंगाधर पाण्डेय र रामापती यादव चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष उप्रेतीले घरजग्गा व्यापारलाई व्यवस्थित गरि लैजान आफ्नो टिमले पहल गर्ने जनाए । उनले सरकारी निकायसँग र निजी क्षेत्रका संघसंस्थासँग सहकार्य गरी रियलस्टेट कम्पनी मार्फत् कारोबार गर्न प्रोत्साहन गर्ने आफूहरुको योजना रहेको सुनाए । घरजग्गा कारोबार बृद्धि हुँदा रोजगारी बृद्धि हुने र मुलुकको राजस्व संकलनमा समेत टेवा पुग्ने उनको भनाई छ । ‘यसले सिथिल रहेको बजारलाई चलायमान पनि बनाउँछ’, उनले भने ।


लेखकको सम्वन्धमा