बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र ७, २०८१
- 83 Shares
-
बुटवल । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन भएको छ । लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका प्रध्यापक केसीको बुधबार साँझ उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । प्रध्यापक केसी बुटवल बहुमुखी क्याम्पसको स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय प्रमुख समेत हुन् ।
मृगौलाको समस्या रहेका केसीलाई केही दिन अघि मात्रै निमोनिया समेत देखिएको थियो । बुटवल हस्पिटल प्रा.लि. मा उपचार गराउने क्रममा निमोनिया देखिए पछि थप उपचारका लागि काठमाडौँमा टिचिङ अस्पतालमा रिफर गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरिले बताए ।
’मलाई केही महिना अघि मात्रै उहाँले मृगौलामा समस्या छ भनेर मलाई बताउनु भएको थियो । त्यस पछि उपचारका लागि दिल्ली समेत जानु भएको थियो । केही दिन अघि स्वास्थ्यमा समस्या देखिए पछि बुटवल प्रा.लि.मा उपचार गर्दा निमोनिया देखिए पछि थप उपचारका लागि परिवारले काठमाडौँ लग्नु भएको थियो’, उनले भने ।
२०५३ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराउन थालेका केसीले २०७६ सालमा प्राध्यापकको उपाधि प्राप्त गरेका थिए । उनी बुटवल बहुमुखी क्याम्पसको प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व अध्यक्ष हुन् । विक्रम सम्वत २०२६ सालमा जन्मेका केसीको श्रीमती दुई छोरा र दुई छोरी रहेका छन् ।
प्रतिकृया दिनुहोस्
- प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
- पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता
- बाँकेका तीन क्षेत्रबाट ६० उम्मेदवार चुनावी मैदानमा
- दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
- रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
- रूपन्देही–३ मा नेकपा एमालेका घिमिरेको मनोनयन दर्ता
- नेकपाबाट टिकट नपाएपछि पूर्वमुख्यमन्त्री केसीले दिए स्वतन्त्र उमेदवारी
- पाँचौँपटक चुनाव जित्ने योजनासहित एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे उमेदवारी दर्ता
- दाङ-१ मा कांग्रेसका सह-महामन्त्री चाैधरीकाे मनाेनयन दर्ता
- रुपन्देही २ मा कांग्रेसबाट चुन्नप्रसादले गराए मनोनयन दर्ता
-
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
रुपन्देही २ मा पाण्डेले गरे मनाेनयन दर्ता
माघ ६, २०८२


लेखकको सम्वन्धमा