शुद्धोधनको यज्ञोदयमा नेविसंघ विजयी
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र ६, २०८१
- 313 Shares
-
भैरहवा। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रुपन्देहीको यज्ञोदय दुधनाथ थारु बहमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–३ रमुवापुरस्थित रहेको क्याम्पसमा आदेश रानाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको नेविसंघको टीमले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अनेरास्वविय क्रान्तिकारी र अनेरास्वविय समाजवादीको संयुक्त टीमलाई पराजित गर्दै प्यानल नै विजयी भएको हो ।
नेविसंघका राना ३ सय १५ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् । यस्तै, सचिवमा नेविसंघकै रम्भा थारुले ३ सय ९ मत ल्याएर विजयी भइन् भने कोषाध्यक्षमा ३ सय २३ मत ल्याएर माधवकुमार कंडेल निर्वाचित भएको निर्वाचन अधिकृत भीमप्रसाद सापकोटाले बताए ।
संयुक्त प्यानलकी साझा उम्मेदवार अञ्जिता चौधरीले १ सय ४४ मत प्राप्त गरिन् । ५ सय ५० मतदाता रहेको यज्ञोदयमा ४ सय ६७ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा