रेसुङ्गा क्याम्पसको स्ववियुचुनाव ः सबै पदमा निर्विरोध
गुल्मी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा गुल्मीको तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको कमिटी नै निर्विरोध भएको छ । उपप्राध्यापक तथा निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएको जनाए । उनले सबै पदमा निर्विरोध भएको बताए ।
नेविसंघका खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको हो । सचिवमा अनेरास्ववियुका निशान टण्डन, कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, अनेरास्ववियु क्रन्तिकारीबाट सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी, नेविसंघबाट सुश्मा पन्थी निर्विरोध निर्वाचित भएका हुन् ।
समानुपातिक तर्फ नेविसंघबाट सुशिल पन्थी र विशाल पाण्डे, अनेरास्वुवियुबाट अस्मिता सदा, विनिता कार्की र मुनाल अधिकारी, अनेरास्ववियु क्रान्तिकारीबाट प्रियांक पन्थी र अमृता सुनार निर्विरोध निर्वाचित भएका छन् ।
क्याम्पसमा क्रियाशील संगठनले तालमेल गरेर उम्मेदवारी दिएपछि सबै निर्विरोध निर्वाचित भएका हुन् । क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित खत्री यसअघि सचिव थिए ।

लेखकको सम्वन्धमा