देबिनगरमा अब मासा ब्याग, सबै प्रकारका झोला पाईने
Read Time:1 Minute, 17 Second
बुटवल । बुटवलको देबिनगरमा ती दिदिबहिनीको लगानिमा मासा ब्याग सञ्चालनमा आएको छ। रचना पाण्डे कुवर, जुना पान्डे र पुनम पाण्डेको सयुक्त लगानिमा मासा ब्याग सञ्चालनमा आएको हो।
करिब ३० लाखको लाखको लगानीमा सञ्चालनमा आएको मासा ब्यागको बुटवल उपमहानगरपालिका ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गरे। उद्घाटन गर्दै उनले बुटवल ११ मा सर्वसुलभ दरमा सेवा उपलब्ध गराउन आग्रह गरेका थिए।
कार्यक्रममा मरेङ रुपन्देही सम्पर्क सञ्चका अध्यक्ष दिनेश कुवरले अर्घाखाँचीको तत्कालिन गाबिस मरेङबाट रुपन्देही झरेर ब्यवसायमा लागेकोमा शुभकामना दिए।

कार्यक्रममा सञ्चालक रचना पाण्डे कुवरले तीन दिदिबहिनी मिलेर ब्यवसाय शुरु गरेको बताईन। उनले महिलाहरू आवश्यक सम्पूर्ण किसिमका झोलाहरु उपलब्ध रहेको बताए।
उद्घाटनको अवसरमा २० प्रतिशत छुटको ब्यवस्थापन गरिएको उनले बताईन।

लेखकको सम्वन्धमा