बाँकेमा डढेलो नियन्त्रणका लागि गरियो पूर्वतयारी
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन २३, २०८१
- 206 Shares
-
नेपालगञ्ज । बाँके जिल्लाका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लाग्न नदिन र लागेमा नियन्त्रणका लागि पूर्वतयारी सुरु भएको छ ।
जिल्ला वन कार्यालयले डढेलो लाग्ने सम्भावित वन क्षेत्रमा नियमित रूपमा अनुगमन गर्ने, ‘फायरलाइन’ बनाउने, पातपतिङ्गर सङ्कलन गरेर जलाउनेलगायत काम भइरहेका जिल्ला वन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले जानकारी दिए ।
उनका अनुसार रु ३० लाखमा निर्माण भएको सो एम्बुलेन्समा एक पटकमा छ हजार लिटर पानी राख्ने क्षमता हुन्छ । एम्बुलेन्समार्फत डढेलो लागेका क्षेत्रमा एक सय फिटसम्म पानी पु¥याएर आगो नियन्त्रणमा लिन सकिने उनले जानकारी दिए ।
जिल्ला वन प्रमुख गुप्ताले डढेलो नियन्त्रणका लागि करारमा १५ अग्नि हेरालुलाई नियुक्त गरिएको जानकारी दिँदै १८ वटा सामुदायकि वनका समूहलाई परिचालन गरिएको बताए ।
वनमा डढेलो नियन्त्रणका लागि चक्ला वन क्षेत्रमा सात जना अग्नि नियन्त्रक नियुक्त भएको जनाउँदै गुप्ताले वरुण यन्त्र खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । गत वर्ष बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनका करिब पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा