गृहमन्त्री लेखकद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
Read Time:1 Minute, 17 Second
भैरहवा । गृहमन्त्री रमेश लेखकले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मंगलबार बिहान उनले विमानस्थलको निरीक्षण तथा अवलोकन गरेका हुन् ।
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल पुगेका थिए ।
निरीक्षणपछि गृहमन्त्री लेखकले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमनको अवस्था, आवातजावतको स्थिति, सरसुविधा, व्यवस्थापन, सरसफाई के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।’
उनले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएको बताए । ‘अहिले मलाई बडो खुसी लागेको छ’उनले भने-‘एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवातजावत पनि बढेको छ ।’

लेखकको सम्वन्धमा