आजबाट भैरहवामा कांग्रेसको दुई दिने प्रशिक्षण

आजबाट भैरहवामा कांग्रेसको दुई दिने प्रशिक्षण
0 0
Read Time:2 Minute, 56 Second

भैरहवा। कांग्रेसको निति, अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा सोमबारबाट भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु हुन लागेको छ । भैरहवाको पटवा बैङक्वेट हलमा आयोजना गर्न लागिएको प्रशिक्षणको सोमबार मध्यान्ह कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय गरिएको छ । कार्यक्रम उद्घाटनका लागि सभापति देउवा सोमबार बिहान काठमाडौंबाट भैरहवा आउने जनाइकाएको छ ।

कांग्रेसको निति, अनुसन्धान तथा प्रशिक्षण विभागका सभापति तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले सोमबार र मंगलबार सञ्चालन हुने प्रशिक्षणमा मुुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशीक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति गरेर ३ सय ३० जनाको सहभागिता रहने जानकारी दिए । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गरिनेछ ।

खड्काका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला, प्रदेश र संघीय प्रतिनिधिको सहभागिता रहनेछ । कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकास शर्मा पनि सोमबार कार्यक्रममा सहभागी हुन आउँदैछन् । गृहमन्त्री रमेश लेखकसमेत आउने कार्यक्रम रहेको छ । कांग्रेस नेता शेखर कोइराला, मिनेन्द्र रिजाल शनिवारदेखि रुपन्देहीमै छन् ।

विभागका सभापति खड्काका अनुसार सोमबार बिहान उद्घाटन सत्रपछि कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधार लगायत उपलब्धी, संविधान र मुलुकको बिकासका लागि कांगे्रसले खेल्नुपर्ने भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्य, आम निर्वाचन गरि विभिन्न ६ वटा विषयमा प्रस्तुती रहनेछन् । यसकासाथै सहभागीले आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्नुका साथै वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुईजना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको पार्टी उपसभापति खड्काले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %