कांग्रेसका उम्मेद्वार चुन्नसंग व्यवसायीको गुनासाे – राजधानी सरेपछी बजार चाैपट भयाे, ठाेस निकास दिनुहाेला
बुटवल । नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेका चुन्न प्रसाद शर्मा पौडेल सहितका नेताहरुले घरदैलोलाई निरन्तर रुपमा घरदैलोमा ब्यस्त छन् । निर्वाचन नजिकिँदै जाँदा एकैदिन ३ वटा वडासम्मको घरदैलो सम्म पौडेलले गरिरहेका छन् ।
व्यवसायीक पृष्ठभुमिबाट राजनीतिमा आएर उम्मेद्वार बनेका चुन्न प्रसाद पौडेलले लगातार ४ पटक रुपन्देहीबाट नै जितेका एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र रास्वपाका सुलभ खरेलसंग निकै प्रतिप्रर्धा गरिरहेका छन् ।
मंगलबार बुटवल उपमहानगरपालिकाको वडा नम्बर ४, ५ र ६ का मतदाता तथा व्यवसायीहरु बिच पुगेका थिए । घरदैलोको क्रममा व्यवसायीहरुका व्यवसाय केहीमा पुगेका थिए भने केहीमा बाहिरबाट नै सहयोग गर्नु है मैले के गर्नुपर्छ भन्दै हिडिरहेका थिए ।
मतदाताको घरदैलो कार्यक्रममा रहेका चुन्नप्रसाद शर्मा पौडेलले मतदाताको समस्या सुन्नेदेखि ज्येष्ठ नागरिकको आशीर्वाद थाप्नमा व्यस्त थिए । पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओलीले घरदैलो अभियानको आठौं दिनमा निरन्तर घरदैलो चलिरहेको बताए ।
व्यवसायीहरुले लुम्बिनी प्रदेशको अस्थायी राजधानी यहाँबाट सारेर दाङ लैजादाँ यहाँको व्यवसाय समेत चौपट भएको तर्क गरिरहेका थिए । राजधानी जाँदा उताको बजारलाई कुनै फाईदा नभएपनि यहाँ घाटा लागिरहेको व्यवसायीहरुको गुनासो थियो ।
बिहान बुटवल उपमहानगरपालिका–४ को लक्ष्मीनगर गेटबाट सुरु भएको अभियान लक्ष्मीनगर, आदर्शनगर, राममन्दिर लाइन हुँदै अमरपथ क्षेत्रसम्म पुगेको थियो । दिउँसो १२ बजेदेखि टोली वडा नं. ५ मा पुगेको थियो । पुरानो बसपार्क,न्युरोड, सुकुम्बासी टोल, सब्जी मण्डी हुँदै अमरपथ क्षेत्रमा पुगेका थियो भने दिउँसो ३ बजेपछि वडा नं. ६ अन्तर्गत नेपालगञ्ज रोड, ट्राफिकचोक, मैत्रीपथ, श्रवणपथ लगायतका क्षेत्रमा घरदैलो गरेका थिए ।
यस्ता छन् उम्मेद्वार पौडेलका आश्वासन र प्रतिबद्धता
पौडेलले चुनाव जित्न मात्र नभई जनताले पाएका समस्याहरुलाई दीर्घकालीन समाधानका लागि आएको प्रतिबद्धता जनाईरहेका थिए । बुटवलको वडा नम्बर ४ क्षेत्रमा समस्याको रुपमा रहेको पहिरो नियन्त्रण, सुरक्षित बस्ती निर्माण र सुकुम्बासी समस्याको कानुनी समाधानका लागि संघीय तहबाट पहल गर्ने प्रतिवद्वता जनाए । उनले भने–‘बुटवललाई व्यवस्थित, सुरक्षित र अवसरयुक्त सहर बनाउन स्पष्ट योजना लिएर अघि बढेका छौ ।’
व्यवसायीहरुसंगको भेटपछि उम्मेद्वार पौडेलले स्थानीय व्यवसायी बलियो भए मात्र अर्थतन्त्र चलायमान हुने, व्यवस्थित बजार, पार्किङ व्यवस्थापन र साना व्यवसायीको संरक्षणका लागि नीति र बजेट ल्याउन पहल गर्ने बताए ।
उम्मेद्वार शर्माले बुटवललाई आर्थिक केन्द्रसहित आईटी हवको रुपमा विकास गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठानको रुपमा विकास गर्ने र आम्दा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने योजना बुनेका छन् ।
यस्ता छन् व्यवसायीहरुका गुनासा
बुटवलको अमरपथ क्षेत्रमा सुनचाँदी व्यवसाय गर्दै आएका व्यवसायी बिनोद खातीले समग्र देशकै आर्थिक चलाएमान बनाउनुपर्ने आवश्यकता औँल्याउँछन् । पौडेलको घरदैलोको क्रममा पुगेका पौडेललाई यवसायीमैत्री बाताबरण बनाउन पहल गर्न सुझाब दिएका थिए । उनी यहि क्षेत्रबाट उम्मेद्वार बनेको बताउँदै उनले व्यवसायीको क्षेत्रको समस्याहरु राम्रोसंग बुझेको बताउँदै व्यवसाय चलेमा आर्थिक चलायमान हुने भएकोले सोही अनुसार काम गर्न आग्रह गरे ।
उनले बुटवलको राजधानी सरेर जाँदा व्यवसाय क्षेत्रमा निकै ठुलो समस्याहरु परेको गुनासो गरे । उनले यो पुन बुटवल ल्याउन सम्भव नभएपनि यहाँ उद्योग व्यवसायको राजधानीको रुपमा अगाडी बढाएर रोजगारी सिर्जना गर्न लाग्न आग्रह समेत गरे । ठोस निति निर्माण गर्दै व्यवसायीलाई राहत दिलाउनुपर्ने माग गरे ।
यता अर्का व्यवसायी विष्णु ज्ञवालीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सार्नु नै गलत कार्य भएको बताउँदै अव व्यवसायीक माहोल बन्नुपर्ने बताउँछन् । उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलको घरदैलोपश्चात कुराकानीमा उनले बुटवल व्यवसायीक हवको रुपमा परिचित भएपनि राजधानी सार्दा व्यवसाय चौपट बनेको गुनासो गर्छन् । मोबाईल पसल सञ्चालन गर्दै आएका उनले पदिय लाभमा रातारात राजधानी सार्दा यहाँको व्यवसाय चौपट बनेको आरोप लगाए । उनले राजधानी सार्ने कार्यको श्रेय विष्णु पौडेललाई जाने भन्दै तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गरेको अभिव्यक्तिहरु बाहिरिएको अवस्थामा आफ्नो तर्क जायज भएको दाबी गरे ।
उनले अहिलेको कर प्रणाली सुधार गर्न आवश्यक रहेको बताउँदै ५६ प्रतिशत करको भार बोक्नुपरेको बताउँदै, मुल्यअभिबृद्धि, व्यवसाय, कर्मचारी बहाल लगायतका समस्याहरु समाधान हुनुपर्ने बताउँछन् ।
बजार क्षेत्रको बाटोको अवस्था कमजोर रहेको बताउँदै धेरै वर्षसम्म पनि तोडफोडले व्यवसायीहरुलाई निकै समस्या परेको बताउँदै यसको समाधानको लागि कामहरु गनुपर्ने उनी बताउँछन् । पर्यटकीय हिसाबले बुटवलको प्रवद्र्धन गर्नुपर्नेमा राजनीतिक खिचातानीले पर्यटक घटिरहेको सन्दर्भमा संघीय संसदमा जानेले समस्या बुझ्नुपर्ने माग गरे ।
अमरपथमा कपडा पसल सञ्चालन गर्दै आएका सुरज लम्सालले अन्डर बिलिङको समस्या धेरै रहेको बताउँदै यो समाधान गर्न आग्रह गर्छन् । १५ वर्षयता व्यवसाय गर्दै आएका उनले व्यवसाय गर्नेलाई चोरजस्तो व्यवहार हुने गरेको बताउँदै यसको समाधान हुनुपर्ने बताउँछन्। उनले व्यवसायीको हिसाबले चुन्न पौडेललाई धेरै समस्याहरु थाहा भएको बताउँदै यस्ता ब्यक्तिले चुनाव जित्दा व्यवसायीक माहोल राम्रो बन्ने तर्क गर्छन् ।
कस्मेटिक्स व्यवसायी जाकिर हुसेनले प्रदेश राजधानीको कारणले बुटवल क्षेत्रमा रहेको चहलपहल हट्नु नै व्यवसायीको लागि निकै ठुलो अभिषाप भएको बताउँछन् । चुन्न पौडेलकै घरदैलोमा उनलाई स्वागत गर्न बसेका उनले विकास निर्माण मात्रै अहिलेको कुरा नभएको बताउँदै रोजगारी सिजर्ना गर्दै युवालाई स्वदेशमा राख्ने बाताबरण निर्वाह गर्नुपर्ने बताए ।
जुत्तापसल व्यवसायी कृष्ण पौडेलले बहालकरको व्यवस्थापन, व्यवसायीक सटरहरुमा कारोबार नभएपनि भाडा बढिरहने, व्यवसायीहरु पलायन हुने अवस्था अहिलेको अवस्थामा रहेको बताउँदै यस्ता समस्या समाधान हुनुपर्ने बताउँछन ।

लेखकको सम्वन्धमा