इलेक्ट्रिक एसयूभी ‘आइकार V23’ बुटवलमा लन्च

इलेक्ट्रिक एसयूभी ‘आइकार V23’ बुटवलमा लन्च
0 0
Read Time:4 Minute, 6 Second

बुटवल । बुटवलका लागि आइकार गाडीको आधिकारिक बिक्रेता सिद्धि विनायक मोटर्स प्राइभेट लिमिटेडले बहुप्रतीक्षित विद्युतीय एसयूभी आइकार V23बुटवलमा सार्वजनिक गरेको छ।

बुटवलस्थित ओमोडा एण्ड जेको शोरुममा आयोजित एक भव्य समारोहबीच बिहीबार उक्त गाडी अनावरण गरिएको हो।
कार्यक्रममा सिद्धि विनायक मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक सुरज उप्रेतीले इलेक्ट्रिक कारको औपचारिक लन्च गर्दै चीनको प्रमुख अटोमोबाइल निर्माता चेरी ग्रुप अन्तर्गतको नयाँ ब्रान्ड आइकारको यो मोडल विश्वव्यापी रूपमा अगस्ट २०२५ मा सार्वजनिक भएको जानकारी दिए। उनले चेरी ग्रुपले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको रूपमा विश्वका ८० भन्दा बढी मुलुकमा १ करोड ३० लाखभन्दा बढी सवारीसाधन वितरण गरिसकेको उल्लेख गर्दै लुम्बिनी प्रदेशमा पनि आइकारले उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
कम्पनीका रिजनल म्यानेजर विशेष दाहालले विद्युतीय गाडीको आगमनले वातावरण संरक्षणमा सहयोग पुग्ने र युवापुस्ताका लागि पहिलो रोजाइ बन्ने बताए। उनले रेट्रो–प्रेरित, पूर्ण विद्युतीय अफ–रोड एसयूभी आइकार V23 ले क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको बताउँदै यसको बजार मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको जानकारी दिए।
यसैगरी, सिद्दिबिनायक मोट्रस प्रालि वुटवल भैरहवाका प्रबन्धक राजीव खनालले लन्चकै दिन पाँचवटा गाडी डेलिभरी गरिएको बताए। उनका अनुसार माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने एक्सचेन्ज क्याम्पमा सहभागी ग्राहकलाई १ लाख रुपैयाँसम्मको छुट, १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा ७ किलोवाटको चार्जर प्रदान गरिनेछ।

आइकार V23 मा ५९.९३ किलोवाट क्षमताको LFP ब्याट्री र १०० किलोवाटको मोटर जडान गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा करिब ४०१ किलोमिटर रेन्ज प्रदान गर्दछ। २१० एमएम ग्राउण्ड क्लियरेन्स, क्लासिक गोलो हेडलाइटसहितको बक्स डिजाइनले यसलाई शहर र अफ–रोड दुवैका लागि उपयुक्त बनाएको छ। साथै, १४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, लेभल–२ ADAS सुरक्षा फिचर तथा पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटरको विशाल टं«क स्पेस उपलब्ध छ।

लन्चिङ कार्यक्रममा ग्राहक, गाडीप्रेमी, वातावरण सचेत उपभोक्ता तथा एसपिजी अटोमोबाइल्स प्रा.लि. का नेतृत्वदायी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन गोमा चौधरीले गरेकी थिइन्।
कम्पनीका अनुसार प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरिएको आइकार V23 को डेलिभरी नेपालभर रहेका आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %