चर्चाका समाचारहरु

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस

फरक स्वाद पस्कीनेगरी तिलोत्तमामा खुल्यो यार्सा अर्गानिक हाउस
0 0
Read Time:3 Minute, 39 Second

तिलोत्तमा । बिल्कुलै फरक वातावरणमा अर्गानीक स्वाद पस्कनेगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यार्सा अर्गानिक हाउस सञ्चालनमा आएको छ । प्रकृति संग स्वादको भेट गराउने नारासहित दुई कोरीया रिर्टनी युवाहरुको लगानीमा यार्सा अर्गानिक हाउस मणीग्राम विकास पथमा सञ्चालनमा ल्याएका हुन् ।

युवा व्यवसायीहरु सुरेश क्षेत्री र विष्णु घिमिरेको ६० लाख संयुक्त लगानीमा सञ्चालनमा ल्याईएको हो । हाउसले १३ जनालाई प्रत्यक्ष रोजगारीमा समेत जोडेको छ । गुणस्तर र सर्वसुलभ अर्गानीक स्वाद दिने उदेश्यसहित एकदमै फरक व्यवस्थापनमा हाउस सञ्चालनमा ल्याएकोा सञ्चालक सुरेश क्षेत्रीले जानकारी दिए । मौषमी तथा बेमौषमी तरकारहीहरु उत्पादन गर्नको लागि टनेल हाउसमा बसेर ग्रीनरी हेर्दै आफैले साग टिप्दै खान पाउने व्यवस्था मिलाईएको उनले जानकारी दिए ।

‘कोरोना पछि व्यक्तिहरुमा अर्गानिक खानेकुराहरु प्रति रुचि बढिरहेको छ र हामी पनि अर्गानिक नै खुवाउने योजना बनाएका थियौँ । सोही कन्सेप्टलाई टिपेर यार्सा अर्गानिक हाउस सञ्चालनमा ल्याएका हौँ । ’ उनले भने, टनेलभित्र बसेर खाना कुर्दैगर्दा सागपात आफै टिपेर खान मिल्ने व्यवस्था समेत मिलाएका छाँै । ’

उनले ग्राहकहरुलाई गुणस्तरीय खानेकुरा सक्दो सस्तो मूल्यमा व्यवस्थापन गर्ने योजना अनुरुप नै काम गरिरहेको बताउँदै ग्राहकको स्वास्थ्य र पैसा दुबै बचाउनेगरी व्यवस्थापन भईरहेको बताए । अहिलेको लागि कालिज, लोकल कुखुरा तथा माछा केजीको रुपमा किनेर बिभिन्न परिकार बनाएर ग्राहकलाई पस्कीने बताउँदै सञ्चालक क्षेत्रीले पकाएको लागि न्युनतम शुल्क लिने गरेको उनले जानकारी दिए ।

आईटि अध्ययन गर्दै गरेका विष्णु घिमिरेका छोरा सरोज घिमिेरेले पनि हाउसको व्यवस्थापनमा सहयोग गर्दै आएका छन् । पछिल्लो समय देखिएको स्वास्थ्य प्रतिको सचेतको अवस्था हेर्दा अर्गानिकमा आकर्षण बढेको व्यवस्थापक सरोज घिमिरेले बताए । उनले आफुहरुको मेन्युमा रहेका अधिकांश कुराहरु आफै उत्पादन गर्दै आईरहेको बताए ।

होटल क्षेत्रमा १० वर्ष बढिको अनुभव बोकेका सुरेशले अहिले मौषमी र बेमौषमी तरकारहरु लगाउनको लागि क्षेत्रफल १ बिघा क्षत्रेफल जग्गामा टनेल तथाा अन्य पूर्वाधारहरु निर्माण गरिरहेका छन् । क्षेत्रीको आफ्‌नै कालिज फर्म समेत रहेको छ ।
नगरपालिकामा यार्सा अर्गानिक हाउस उद्धाटनको अवसरमा सबै सेवामा १० प्रतिशत छुटको प्रवन्ध गरिएको उनले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %